Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलामका प्रशिक्षक दर्शनले पाए एएफसी ए कोचिङ सर्टिफिकेट

इलामका प्रशिक्षक दर्शनले पाए एएफसी ए कोचिङ सर्टिफिकेट

  • नमीन ढकाल
  • सोमबार, कार्तिक २७ २०७४


इलामका प्रशिक्षक दर्शनले पाए एएफसी ए कोचिङ सर्टिफिकेट

इलाम,  । इलामका फुटबल प्रशिक्षक दर्शन भक्तराजले एएफसी ए कोचिङ सर्टिफिकेट प्राप्त गरेका छन । १५ अगस्टदेखि ११ सेप्टेम्बरसम्म काठमाडौंमा  संचालन गरिएको कोर्ष पुरा गर्दै उनले कोचिङ सर्टिफिकेट प्राप्त गरेका हुन । एएफसी ए कोचिङ कोर्सको नतिजा शुक्रबार सार्वजनिक गर्दै एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले ए कोचिङ पास गर्ने प्रशिक्षकलाई सर्टिफिकेट प्रदान गरेका थिए ।

सानै उमेरदेखी फुटबल खेलमा लागेका दर्शनले नेपालका म्याराडोनाका रुपमा परिचित मणी शाह, कप्तान राजुकाजी शाक्य, बसन्त गुरुङ, उपेन्द्रमान सिंह, देवनारायण चौधरीसंगै राष्ट्रिय स्तरको प्रतियोगिता खेलेका हुन ।
उनले राष्ट्रिय स्तरको प्रतियोगिता खेल्दा देखि नै गृह जिल्ला इलाममा प्रशिक्षण दिने गरेका थिए ।

दर्शनले प्रशिक्षण दिएका राष्ट्रिय टिमका पूर्व डिफेन्स लोकबन्धु गुरुङ, स्ट्राइकर नवयुग श्रेष्ठ, नेपाली महिला राष्ट्रिय टिमकी गोलरक्षक एन्जिला तुम्वापो, पप्पु दासले साफ गेममा नेपालका लागी पदक दिलाइसकेका छन । त्यसै गरी छिरिङ गुरुङ, विवेक बस्नेत, दर्शन गुरुङ, मनिष थापा लगायतले उमेर समुहको राष्ट्रिय टिममा स्थान बनाइसकेका छन ।

दर्शनसंगै अन्य १४ जनाले समेत ए लेभल सर्टिफिकेट प्राप्त गरेका छन । सर्टिफिकेट पाउनेहरुमा थ्रिस्टारका पुर्व प्रशिक्षक प्रदीप हुमागाईं, झापा ११ कप्तान प्रवेश कटबाल, नवीन महर्जन, किशोर कुमार केसी, विजय महर्जन, सुमन श्रेष्ठ, मनोज रन्जित, प्रज्वल प्रताप क्षेत्री, सन्जित सिंह रहेका छन ।

त्यस्तै विकास डंगोल, सनोज श्रेष्ठ, चक्र तामाङ, सुलभजंग राणा, किरण श्रेष्ठले समेत ए लेभल कोर्स पास गरे । उक्त कोर्समा थ्रीस्टार क्लबका पूर्व प्रशिक्षक प्रदीप हुमागाईं सबैभन्दा धेरै अंक ल्याए उत्कृष्ट बनेका छन । प्रदिपले २०६९ सालमा थ्रीस्टार क्लबलाई शहिद स्मार ए डिभिजन लिग दिलाएका थिए ।

विगत २ बर्षदेखी उनी अमेरिकाको विभिन्न क्लबमा प्रशिक्षण दिइरहेका छन । यसपछि नेपालमा ए लाइसेन्ट सर्टि्फिकेट पाउने प्रशिक्षक संख्या ३१ पुगेको छ। यसअघि १६ जनाले यस उपलब्धी हात पारिसकेका छन्। कोर्ष एएफसीका प्रतिनिधि इरानी नागरिक नाडेर अरबीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार