Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

केएफसीलाई उपाधि

केएफसीलाई उपाधि

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस ५ २०७८


केएफसीलाई उपाधि

माई । इलामकाे माई नगरपालिका-४ शुक्रबारेमा जारी प्रथम गरूवा कपकाे उपाधि कालीखाेला फुटबल क्लब( केएफसी ले जितेकाे छ । आज सम्पन्न फाइनल खेलमा सितली फुटबल क्लबलाई टाइब्रेकरमा हराउदै केएफसीले उपाधि चुमेकाे हाे ।

निर्धारित समयमा दुवै टाेलीका गाेल नभएपछि निर्णय टाइब्रेकरबाट गरिएकाे थियाे । विजेता र उपविजेताले क्रमश ५१ र ३१ हजार सहित ट्रफी प्राप्त गरे । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दिपक थेवेले पुरस्कार हस्तान्तरण गरे ।
नमुना युवा क्लबको आयोजनामा मंसिर २५ गतेदेखि सुरू भएको   प्रतियोगितमा इलाम र झापाका १६ टिमको सहभागिता रहेको थियाे ।  प्रतियोगिताकाे लागि ट्रफि र मेडल साउदी अरबमा रहेका माई नगरपालिका-४ का नरकुमार मगरले उपलब्ध गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार