Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सिवलाल प्रधान : गाउँमा रोजगारीसँगै दूग्ध परिकारबाट मनग्ये आम्दामि

सिवलाल प्रधान : गाउँमा रोजगारीसँगै दूग्ध परिकारबाट मनग्ये आम्दामि

  • सुजन तिमल्सिना
  • सोमबार, कार्तिक १५ २०७८


सिवलाल प्रधान : गाउँमा रोजगारीसँगै दूग्ध परिकारबाट मनग्ये आम्दामि

इलाम । इलाम भ्रमणमा पुग्ने पर्यटकको पहिलो कोसेली दूध प्रशोधन गरि बनाएको ललिपप हुन्छ । पर्यटकको पोहिलो रोजाईमा पर्ने ललिलिप उद्योग स्थापना गर्ने शिवलाल प्रधानले गाउँमै ११ जना महिलालाई रोजगारी दिएका मात्रै छैनन् आम्दानी पनि मनग्ये गरेका छन् ।
सिवलाल प्रधान पेशाले शिक्षक थिए । शिक्षक भएपनि बाबु बाजेको परम्परागत पेशा गाईपालन पनि सँगै थियो । घरमा उत्पादन भएको दूध दुग्ध विकास संस्थानको दूग्ध वितरण आयोजना विराटनगरले खरिद गथ्र्यो ।


२०५६ सालमा दुग्ध विकास संस्थान हप्ताको तीन दिन मिल्क होलिडे गरेपछि प्रधानका लागि घरमा उत्पादित दूध मुल्यहिन बन्यो । अनि दूध प्रशोधन गरि आफै दूग्ध परिकार बनाउने योजना बनाए । मिल्क होलेडेबाट हैरान भएका प्रधानले इलाम आउने पर्यटकलाई लक्षित गरि कोसेलीकै रुपमा ललिपप बनाउन शुरु गरे ।
उद्योग दर्ता थिएन, प्राविधिक ज्ञान नभइकनै प्रधानले २०६२ सालसम्म दूग्ध पदार्थ उत्पादन गर्नु फलामको चिउरा चपाएझैँ भयो । दूध प्रशोधनबाट बनेको कुराउनीबाट ललिपप बनाउँदै आएका प्रधानलाई घरेलु तथा साना उद्योग विकास समिति २०६२ मा तालिम र प्राविधिक सहयोग गरेपछि अहिले उद्योगका परिकार देश विदेश पुग्न थालेका छन् ।


ललिपप इलाम आउने पर्यटकले अधिक मन पराएपछि समितिले उद्योगको नाम पनि कोशेली ललिपप उद्योग राखिदियो । ललिपप मात्रै उत्पादन हुँदै आएको प्रधानको उद्योगमा अहिले पनिर, घिउ, छुर्पि र बम्बइसन उत्पादन हुन्छ । उद्योगमा उत्पादित सामग्रीको माग अहिले धान्नै गाह्रो रहेको उद्योगी सिवलाल प्रधानको भनाइ छ ।


उद्योगमा अहिले ४ सय लिटर दूध प्रशोधन हुन्छ । घिउ छुर्पी २५ प्रतिशत र ७५ प्रतिशतबाट ललिपप र बम्बइसन बन्दै आएको छ । गुणस्तरीय उत्पादन र गाउँमै रोजगारीका अवसरको आधार बनेपछि प्रदेश एक सरकारले उद्योगको यान्त्रीकरणमा आर्थिक सहयोग गरेको छ । २५ प्रतिशत उद्योगी र ७५ प्रतिशत प्रदेश सरकार गरि उपकरण खरिदमा १३ लाख खर्च भएको छ ।
दाउराबाट दूध प्रशोधन गर्दै आएको उद्योगमा अहिले ग्यास र विद्युतीय उपकरण प्रयोग हुन्छ । उद्योगमा ११ जना महिलाले रोजगारी पाएका छन् । उनीहरुले  खाजा चिया सहित मासिक १० हजार पारिश्रमीक पाउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार