Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

पचासौ राष्ट्रिय करातेमा इलामका ३ खेलाडी भिडदै

पचासौ राष्ट्रिय करातेमा इलामका ३ खेलाडी भिडदै

  • नमिन ढकाल
  • मंगलबार, कार्तिक २१ २०७४


पचासौ राष्ट्रिय करातेमा इलामका ३ खेलाडी भिडदै

इलाम । काठमाण्डौमा कार्तिक २२ गतेबाट हुने पचासौ राष्ट्रिय कराते प्रतियोगितामा इलामका ३ जना खेलाडी सहभागी हुने भएका छन । सोमबार धरानमा भएको क्षेत्रिय छनौट प्रतियोगितामा बिजयी बन्दै ५० केजी तौल समुहमा प्रिती बस्नेत, ८४ केजीमा भेषराज राई र ८४ केजीमाथीमा दिपेश क्षेत्री राष्ट्रिय प्रतियोगितामा सहभागी हुने सितोरियो कराते संघ इलामका अध्यक्ष योगेश चाम्लिङले जानकारी दिए ।

प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल (एपिएफ) गरी सात टोलीका १८४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन । तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा महिला र पुरुष तौल समूह तथा एकल टिम कातामा प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ प्रतियोगिताका उत्कृष्ट २३ खेलाडी राष्ट्रिय टोलीका लागि छनोट हुनेछन ।

प्रतिक्रिया
सम्बन्धित समाचार