Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

११ लाख भारतीय रुपैयाँ सहित सुर्योदय १० का अग्रवाल पक्राउ

११ लाख भारतीय रुपैयाँ सहित सुर्योदय १० का अग्रवाल पक्राउ

  • लोकल सन्देश
  • बुधबार, असोज २० २०७८


११ लाख भारतीय रुपैयाँ सहित सुर्योदय १० का अग्रवाल पक्राउ

हर्कटे । इलामको सूर्योदय नगरपालिका ६ स्थित हर्कटे बजारबाट भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी हर्कटे बाट प्रहरी सहायक निरीक्षक कमाण्डमा खटिएको चेकिङ टोलीले फिक्कल बाट झापा जादै गरेको मे १ च ६४२४ कारबाट भारतीय रुपैयाँ बरामद गरेको हो ।
चेकजाँच गर्ने क्रममा कारमा सवार इलाम सुर्योदय नगरपालिका १० फिक्कल बस्ने बर्ष ३५ अनुप अग्रवालको साथमा रहेको कालो ब्याग बाट एघार लाख रुपैयाँ भारतीय रुपैयाँ पक्राउ गरेको हो । प्रहरी टोलीले श्रोत नखुलेको भारु रुपैया सहित अनुप अग्रवाल, कार र कार चालक सुर्योदय नगरपालिका ८ बस्ने बर्ष ५१ को कर्ण कठायत समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी किशोर तामाङले बताए ।
प्रहरीले नियन्त्रणमा लिएको भारतीय रुपैयाँ, गाडिसहित पक्राउ परेका व्यक्ति इलाका प्रहरी कार्यालय पशुपतिनगर आबश्यक अनुसन्धान पछि कानुनी कार्बाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइको छ । प्रहरीको टोलीले ५ सय रुपैयाँको २ हजार १ सय ३३ नोट गरि १० लाख ६६ हजार ५ सय, २ हजार रुपैयाँको १४ नोट गरि २८ हजार, २ सयको को २७ नोट गरि ५ हजार ४ सय र एक सयको एक नोट बरामद गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार