इलाम । इलाममा मेडिकल कलेज स्थापना गर्न आवश्यक स्रोत साधन जुटाउनका लागि नगरपालिकाले आर्थिक सहयोग संकलन गर्ने भएको छ ।
आर्थिक सहयोग संकलनका लागि इलाम नगरपालिका अन्तर्गत इलाम मेडिकल कलेज सहयोग समिति इलामको नाममा समितिका संयोजक श्यामकृष्ण घिमिरे र सदस्य होमबहादुर बस्नेतको संयुक्त दस्तखतबाट सञ्चालन हुने गरी नेपाल बैंक लि इलाममा खाता नम्बर ०४०००१०७१३७१६१०००००१ को बैंक खाता खोलिएको इलाम नगरपालिका सुचना अधिकारी राम साहले बताए । समितिले इलाममा स्वास्थ्य शिक्षाको विकास र आर्थिक समृद्धिका लागि सबैबाट आर्थिक सहयोगको लागि अनुरोध छ ।