एका बिहानै लिम्बुनी बोजु उठेर
डालोमा मकै लगाउन ब्यस्त हुन्छिन्,
अनि सरासर आफ्नो बाटो लाग्छिन्
डालो बोकेर छिमेकीको घरमा पुग्छिन्
बोजु थचक्क बस्छिन् जातो छेउमै,
गोजीबाट खोस्टा र सूर्ती निकाल्दै बेर्न थाल्छिन्,
गोजीबाट फेरी पनि चक्मक र रूहि निकाल्दै,
आगो बाल्न भएभरको प्रयास गर्दै हुन्छिन् ,
चक्मक र रूहिबाट आगो निकालेर ,
लिम्बुनी बजु सूर्ती बाल्न हतारिन्दै,
लामो लामो सास फेर्दै धुँवा फाल्दै,
जातो घुमाउन थाल्छिन्,
लिम्बुनी बोजु जातो घुमाउँदा घुमाउँदै ,
बोजुले समय बितेको चालै पाउँदिनन्,