इलाम । बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले २ गोलको अग्रता लिएको छ । नेपालका लागि सविता राना र प्रिति राईले गोल गरेका हुन् । खेलको १४औँ मिनेटमा सविताले अग्रता दिलाएकी थिइन् । २३ औ मिनेटमा प्रितिले अग्रता दोब्बर बनाइन् ।
दुवै खेलाडीको यो डेब्यू गोल हो । एएफसी महिला एसियन कप २०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।