Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

यहाँ खेल हुन्छ

यहाँ खेल हुन्छ

  • लोकल सन्देश
  • आइतबार, कार्तिक १२ २०७४


यहाँ खेल हुन्छ

अर्जुन सुवेदी सु.न.पा. १० इलाम 

एउटा पस्ने अर्को बस्ने खेलमा यहाँ युद्ध हुन्छ
एउटा चढ्ने अर्को लड्ने निहुँमा सधै युद्ध हुन्छ ।
बालुवाटारको घरका लागि तासमा जस्तो खेल हुन्छ
एउटा लड्ने अर्को चढ्ने निहुँमा सधैँ युद्ध हुन्छ ।।

भित्र पस्ने बाहिर बस्ने खेल सँधै हुने गर्छ
कोही रुने कोही हाँस्ने नाटक जस्तो मञ्चन हुन्छ ।
कुर्सी पाउन सधैँ जसो खेलबाड हुन्छ
एउटा चोर्ने अर्को हेर्ने खेलको यहाँ युद्ध हुन्छ ।।

सर्कस जस्तो तमासको खेल हुन्छ
कुसी फ्याक्ने माइक भाँच्ने रोल हुन्छ यहाँ ।
जनता ढाट्ने नियतिको खेल हुन्छ
भागबण्डाको निहुँमा सँझै झेल हुन्छ ।।

दिनमा भुक्ने रातमा थुक्ने खेल हुन्छ
आफ्ना आफ्ना मान्छे राख्ने झेल हुन्छ ।
कहिले पूर्व कहिले पश्चिम भ्रमण हुन्छ
एउटा हान्ने अर्को थाम्ने दुवै खेल हुन्छ यहाँ ।।

चुनाव आउँदा मान्छे किन्ने खेल हुन्छ
घर छिर्ने गाउँ छिर्ने खेल हुन्छ ।
ठुला साना सबै खाले रोल हुन्छ
चुनाव हारे विदेश छिर्ने खेल हुन्छ यहाँ ।।

 

प्रतिक्रिया
सम्बन्धित समाचार