Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एक्सेल बैकले ल्यायो कोभिड केयर कर्जा योजना

एक्सेल बैकले ल्यायो कोभिड केयर कर्जा योजना

  • लोकल सन्देश
  • शनिबार, जेष्ठ ८ २०७८


एक्सेल बैकले ल्यायो कोभिड केयर कर्जा योजना

काठमाडौं  । एक्सेल डेभलपमेन्ट बैंकले कोभिड केयर कर्जा योजना संचालनमा ल्याएको छ । बैंकले कोरोना संक्रमितको उपचारमा सहयोग गर्ने उद्देश्यले किस्ताबन्दीमा तिर्न सकिने सुविधासहित नयाँ कर्जा योजना संचालन गरेको हो ।

बैंकको अनुसार यस योजना अन्तर्गत ग्राहकहरुले १० लाख रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकले आफ्नो परिवारको कोभिड उपचारको लागि ९० प्रतिशतसम्मको रकम ५ वर्षे अवधिको लागि लिन सक्छन् ।

यसको साथै कर्जा लिन चाहानेलाई अनलाइनमार्फत सुविधा पनि बैंकले दिएको छ । ग्राहकबाट आवश्यक कागजात लिएर सबै प्रकिया पुरा गरी कर्जा भुक्तानी सम्बन्धि अस्पताल तथा फार्मेसीलाई अनलाइनमार्फत खातामा पठाइने व्यवस्था गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार