माई । प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगितामा माई–३ को महिला र पुरुष टीम बिजयी बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । पुरुष तर्फको खेलमा सडनडेथमा जित निकाल्दै वडा नं ३ ले सेमीफाइनलम स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो ।
टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथबाट ५–६ गोल अन्तरको साथ सेमीफाइनल पुग्ने टिमको छिनोफानो गरिएको हो । खेलको म्यान अफ दि म्याच बिजयी टिमका कप्तान एवम गोलरक्षक मिसन दनुवार घोषित भए । त्यस्तै मंगलबार नै भएकोे महिला फुटवल प्रतियोगितामा वडा नं ९ लाई टाइब्रकेरमा ३–२ गोल अन्तरले हराउदै वडा नं ३ ले सेमीफाइनलमा स्थान बनायो ।
खेलको वुमन अफ दि म्याच गोलरक्षक सविना लिम्बु घोषित भइन् । राष्ट्रिय युवा संघ माई नगर कमिटीको आयोजनामा भएको प्रतियोगितामा पुरुष फुटवल प्रतियोगितामा माई–१ र ४ बीच हुने छ भने महिला फुटवल प्रतियोगिता माई–८ र १० बिच हुने छ ।