Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

प्रथम सुखानी शहीद स्मृति फुटवल : क्वाटरफाइनलका खेलहरु हुँदै

प्रथम सुखानी शहीद स्मृति फुटवल : क्वाटरफाइनलका खेलहरु हुँदै

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन २४ २०७७


प्रथम सुखानी शहीद स्मृति फुटवल :  क्वाटरफाइनलका खेलहरु हुँदै

माई । प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको अन्र्तगत आज  क्वाटरफाइनलका खेलहरु हुँदैछन् । पुरुष तर्फ माई–८ र १० तथा महिला फुटवल प्रतियोगिता माई–१ र ५ बिच सेमीफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । आईतबार सम्पन्न पहिलो चरणको खेलमा माई–९ र ७ बिजयी भएका छन ।

पुरुष फुटवल खेलमा माई–९ ले माई–६ लाई २–१ गोल अन्तरले हराउँदै सेमीफाइनल प्रवेश ग¥यो । त्यस्तै आइतबार भएकोे महिला फुटवल प्रतियोगितामा माई–७ बिजयी बन्दै सेमीफाइनल प्रवेश ग¥यो । उसले माई ६ लाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै सेमीफाइनल मा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

पुरुष फुटवल प्रतियोगिताको बिजेता टीमले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेता टीमले नगद ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।त्यस्तै महिला बिजेता टीमले नगद २५ हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेताले नगद १५ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । फाइनल खेल आगामी २९ गते हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार