दानाबारी । कोरोना भाइरस रोगको नियन्त्रणका लागि बन्द गरिएका हाटबजार माईनगरपालिले खुल्ला गर्ने निर्णय गरेको छ । स्वास्थ मापदण्ड पालना गरि माई नगरपालिकामा साप्ताहिक हाटबजार खुल्ला गर्ने निर्णय भएको माई नगरपालिका प्रशासकिय अधिकृत नविन पौडेलले बताए ।
माइ नगरका विपद् व्यवस्थापन समितिको मंसिर ३ गतेको बैठकबाट बन्द गरिएका हाटबजार मंसिर २५ गतेको बैठकबाट हाट बजार खुल्ला गरिएको थियो । विपद् व्यवस्थापन समितिका संयोजक तथा माई नगरपालिका प्रमुख दिपक थेवेको अध्यक्षतामा बसेको बैठकले माई नगरक्षेत्र भित्र लाग्ने साप्ताहिक हाट बजार बन्द ब्यावसायी आफैले स्वास्थ मापदण्ड पालना गर्नेगरि खुल्ला गर्ने निर्णय गरेको हो ।