Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेकपा भित्रको बहस पद र प्रतिष्ठाको होइन : मौसम

नेकपा भित्रको बहस पद र प्रतिष्ठाको होइन : मौसम

  • सुजन तिमल्सिना
  • बुधबार, मंसिर २४ २०७७


नेकपा भित्रको बहस पद र प्रतिष्ठाको होइन : मौसम

इलाम । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य इन्द्र बहादूर आङ्बो मौसमले नेकपा भित्रको बहस पद र प्रतिष्ठा लागि नभएको बताएका छन् । इलामको माई नगरपालिकास्थित एक कार्याक्रममा बोल्दै प्रदेश एक सरकारको आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका उनले पार्टी भित्रको अहिलेको बहस पार्टी र सरकारलाई विधि र पद्धति अनुसार चल्नुपर्नेमा जोड दिए । जनताले स्थिर सरकारका लागि बहुमत दिएकाले त्यसअनुसारको काम गर्न सकिरहेको छैन उनले भने–‘ त्यसैको प्रतिविम्बको रुपमा नेकपा भित्र बहस चलिरहेको छ ।’
पार्टीभित्र अहिले समाजवादको यात्रा कस्तो हुने भन्ने बहस उनले भने–‘हामीले हाम्रा कामहरु कसरी अगाडी बढाउँदा समाजवादमा पुगिन्छ त्यसबारे बहस चलिरहेको हो ।’ हिजोकै व्यवस्था अनुसार आफैले देशलाई बचाउन नसक्नेहरुले राजा आउ देश बचाउ भन्नु कुनै अर्थ नभएको मन्त्री मौसमको भनाइ छ । आर्यघाटमा पुगेको भुतलाई पुनः उठाएर ल्याउने कुरा दिवा सपना मात्रै हो–राजनीतिक गतिविधि गरेर हिड्ने र आफ्ना विचार व्यक्त गर्ने जो सुकैलाई अधिकार भएपनि सडकमा चलेको आन्दोलन अराजकता तर्फ गए सरकराले नियन्त्रणको काम गर्ने मन्त्री मौसमले बताए ।
पुरनो व्यवस्था अन्त्य गरेर नयाँ व्यवस्थामा काम गर्दा शुरुका दिनमा केहि समस्या भएपनि अहिले तीनै तहका सरकारले विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरि जनताको मर्म अनुसार काम गरेको उनको भनाइ छ । ‘तीन तहको सरकार गठन हुँदा शुरुका दिनमा अन्यौता थियो उनले भने–‘तीन तहका सरकारहरुले कानुनहरु निर्माण गरेर काम काम गर्न थालेपछि अहिले चुनावमा गरिएका बाचाहरु पुराहुँदै गएका छन् ।’ तीनै तहका सरकारहरुले आफ्ना काम अघि बढाउन अझै धेरै कानुन निर्माण गर्नुपर्ने भएपनि अहिलेका लागि हिड्ने र काम गर्ने कानुनहरु निर्माण भइ स्थानीय तह र प्रदेश सरकारको सहकार्य मार्फत विकासका योजनाहरु कार्यान्वयन गरिँदै आएको बताए ।’
कोरोना माहामारीले असर गरेपनि पूर्ववत रुपमा बजेट विनियोजन गरिएका योजनाहरुको काम नरोकिने आर्थिक श्रोतको समस्या नहुने मन्त्री मौसमले बताए । सिंहदरबारका अधिकास कामहरु गाउँपालिका र प्रदेश सरकारबाट उपलब्ध हुने भएकाले बिरलै कामका लागी मात्रै सिंहदरबार जानुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
संविधानले स्वास्थ्य र शिक्षा मौलीक हकका रुपमा लेखिएकाले जनतालाई निशुल्क उपचार र शिक्षाको व्यवस्था गर्न राज्यले तीनै तहका सरकारले दोहोरो अंकको बजेटको व्यवस्था गरिएको उनको भनाइ छ । ‘समाजवादमा जाने मुख्य आधार भनेको स्वास्थ्य र शिक्षा निशुल्क गर्नु हो उनले भने–‘यो कार्यान्वयन गर्न सबै स्थानीय तहमा अस्पतालको योजना कार्यान्वय तहमा गएको र प्राविधिक शिक्षा लगानि बढाइएको छ ।’ सरकारले अहिले वैदेशिक रोजगारी गुमाएकाहरुलाई गाउँमै रोजगारीका अवसर दिन सरकार अघि बढेको उनले बताए । उद्योगहरुमा पुनःकर्जाको व्यवस्था गरेको छ उनले भने–‘कृषि कर्जा अनिवार्य उपलब्ध गराउन सरकारले सस्तो कर्जामा व्यवस्था गरेको छ ।’
दुई तिहाई नागरिक कृषि क्षेत्रमा रहेको देशमा अनिकाल लाग्ने अवस्था भएकाले हामी कृषि प्रणाली आधुनिकिकरण गरेर अघि बढ्ने अवस्थामा छौ–उलने भने–‘ गत आर्थिक वर्षमा मात्रै एक खर्बको कृषि सामग्री आयात भएको देखिन्छ यस्तो आयाता प्रतिस्थापन गर्न कृषिमा यान्त्रिकरण गर्न लगेको छौँ । उनले १० युनिट भन्दा कम विद्युत ल्याउने जनताका लागि निशुल्क विद्युतको व्यवस्था गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार