Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

फुटबलर भोला सिलवाललाई पुत्रीलाभ

फुटबलर भोला सिलवाललाई पुत्रीलाभ

  • सन्देश सम्वाददाता
  • शुक्रबार, मंसिर ५ २०७७


फुटबलर भोला सिलवाललाई पुत्रीलाभ

इलाम । नेपाल राष्ट्रिय फुटबल टिमका पुर्व मिडफिल्डर भोला सिलवाललाई पुत्रीलाभ भएको छ । सिलवालकी पत्नी एलिजा आचार्यले पहिलो सन्तानको रुपमा बिराटनगरको सुरक्षा हस्पिटलमा बिहान ९:५५ बजे छोरीलाई जन्म दिएकी हुन् । बिराटनगरका स्थायी बासिन्दा नेपाल पुलिस क्लबका कप्तान सिलवालले अहिले आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको बताए ।

‘डा रम्भा देउ को टिमले सिजर गरेर बच्चा निकालेपनि अहिले आमा र छोरी दुवैको स्वास्थ्य सामान्य छ । ’ भोलाले भने । सन २००८ देखी २०१६ सम्म नेपाली टिमको जर्सी नं १७ मा देखिएका भोलाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छैनन् । नेपाली राष्ट्रिय टिमबाट ३९ क्याप जित्दै २ गोल समेत गरेका थिए ।

इस्ट टिमोर र बंगलादेश विरुद्धको गोल भोलाको नाममा छ । उनले १ खेलमा नेपाली राष्ट्रिय टिमको क्याप्टेन आर्मव्यान्ड बाध्ने मौका समेत पाएका थिए । २०६१ साल देखि हालसम्म उनी पुलिस क्लबबाट घरेलु फुटबल खेलिरहेका छन् ।गत बर्ष प्रशिक्षकको रुपमा उनले पुलिसको यु–१८ टिमलाई ललित मेमोरियल फुटबल प्रतियोगिता समेत जिताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार