Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

लोक्ता खेतीबाट व्यवसायीक बन्दै किसान

लोक्ता खेतीबाट व्यवसायीक बन्दै किसान

  • लोकल सन्देश
  • बिहिबार, बैशाख २८ २०७४


लोक्ता खेतीबाट व्यवसायीक बन्दै किसान

गंगा पराजुलि
इलाम । अव्यवस्थित कटान र फडानीका कारण लोक हुदै आएका नेपाली कागज बनाउने लोक्ता र अर्गेलीको खेतीबाट इलामका किसानले आम्दानी गर्न थालेका छन् । लोक्ता र अर्गेली बोट कटान सम्बन्धि ज्ञान अभावका कारण मासिदै गएपनि पछिल्लो समयमा इलामका किसानले सोही खेती अपनाएर आम्दानी गर्न थालेका हुन् । समुद्र सतहदेखि एक हजार पाँच सयदेखि दुई हजार तीन स मिटसम्म अर्गेली र समुद्र सतहदेखि एक हजार आठ सय देखि दुई हजार ६ सय मिटरसम्म लोक्ताको खेती हुने गरेको जिल्ला वन कार्यालय इलामले जनाएको छ ।
जिल्ला वन कार्यालय,जडिबुटि सम्बन्धि काम गर्दै आएका गैरसरकारी संस्थाले लोक्ता र अर्गेलीको महत्व तथा यसको कटान सम्बन्धि सचेतना जगाएपछि किसान आफैले संरक्षण गरि व्यवसायीक रुपमा खेती गर्दै आएका छन् । नेपाली कागज बनाउने र जापानी नोट बनाउन प्रयोग गरिने लोक्ताको स्थानीयस्तरमै कागज उद्योग स्थापना समेत हुदै आएको छ । चेतना अभावका कारण अनियन्त्रित रुपमा फडानीका कारण लोप भएपनि अहिले किसानको जागरणका कारण अध्याधिक रुपमा खेती हुदै आएको जिल्ला वन अधिकृत भरत श्रेष्ठले बताउनुभयो ।
इलाममबाट लोक्ताको निकासी पैठारी शुरु भएपछि जिल्ला वन कार्यालयले ग्रामीण क्षेत्रमा यसको खेती प्रवद्र्धनका लागि अध्ययन समेत शुरु गरेको छ । वन कार्यालयले साविक गोर्खे गाविसस्थित सिंहदेवि थुम्के सामुदायीक वनमा पहिलो पटक अध्ययन गरिएको छ । सो सामुदायीक वन क्षेत्रमा ३९ हेक्टर क्षेत्रफलमा लोक्ताको एउटै प्लट रहेकाले अध्ययन केन्द्र समेत बनाइएको वन कार्यालयका साहायक वन अधिकृत सुनिल सिंहले बताउनुभयो । व्यवस्थापनका लागि समुदायमा हस्तान्तरण गरिएका वन, राष्ट्रिय वन बाहेक अहिले किसानस्तरमा यसको व्यवसायीक खेती बढ्दै गएको छ । जोगमाई, गोर्खे, चमैता, माबु, माइमझुवा, जमुना, साखेजुङ्ग लगायतका जिल्लाका एक दजर्न बढी गाविकासका निजी, राष्ट्रिय र समुदायमा व्यवस्थापनका लागि हस्तान्तरण भएका वनमा लोक्ता अहिले प्रशस्त पाइने वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
छिटो बढ्ने र रोपीएको तीन वर्षदेखि उत्पादन निकाल्न सकिने लोक्ता किसानले खाध्यबालि मासेर २० रोपनीदेखि एक सय ५० रोपनीसम्म खेती गर्दै आएको जिल्ला वन अधिकृत राजेन्द्र काफ्लले बताउनुभयो । इलामबाट चालु आर्थिक वर्षमा एक हजार केजि लोक्ता र दुई हजार पाँच सय ८० केजि अर्गेली जिनी वनबाट निकासी भइसकेको जिल्ला वन कार्यालयले जनाएको छ । लोक्ता र अर्गेलीको बोक्रा गुणस्तर हेरेर प्रतिकेजि ९० रुपैयाँदेखि एक सय ८० रुपैयाँ सम्म बिक्रि हुने गरेको छ । तर बोट कम गुणस्तरको लोक्ताको बोक्रा भने न्यूनतम ७५ रुपैयाँमा बिक्रि हुने गरेको चमैता गाविसका किसान बलबहादुर मुखियाले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार