अलिकती माथि पुग्यौ आफ्नो धरातल बिर्सिएछौ।
गरिब साथि संग साटेको फाटेको चप्पल बिर्सिएछौ।
सायद परिचय भएजस्तो लाग्थ्यो तिम्रो र मेरो।
खुशीसंगै रमाएको त्यो पल बिर्सिएछौ।
खै कुन्नी के सम्झियौ तिमीले आजकाल
ठुलो मान्छे भयौ होला मानवता विर्सिएछौ
पथ्थरले पनि आँसु झा¥यौ तिम्रो यथार्थ सुनेर।
बाबुको काध अनि आमाको आँचल बिर्सिएछौ।