Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकाको तिनखुट्टेमा खेल मैदानको उद्घाटन

सूर्योदय नगरपालिकाको तिनखुट्टेमा खेल मैदानको उद्घाटन

  • सन्देश सम्बाददाता
  • शुक्रबार, कार्तिक ७ २०७७


सूर्योदय नगरपालिकाको तिनखुट्टेमा खेल मैदानको उद्घाटन

तिनखुट्टे । इलामको सूर्योदय नगरपालिका वाड नम्बर –३ स्थीत तिनखुट्टेमा खेलमैदान निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको खेल मैदानको एक कार्यक्रमका बिच उद्घाटन गरिएको     थियो ।
सूर्योदय नगरपालिकाले नगरको एक वाड एक खेल मैदानको अवधारणा अनुसार निर्माण भएको खेल मैदानको तयार पारिएको निर्माण समितिका अध्यक्ष प्रकाश आचार्यले बताए । निर्माण समितिका अध्यक्ष प्रकाश आचार्यको अध्यक्षता जिल्ला बिकास समिती इलामका पुर्व सभापति लाल बहादुर सुब्बाको प्रमुख आतिथ्यता र सूर्योदय नगरपालिका प्रमुख रण बहादुर राईको आतिथ्यतामा खेल मैदानको उद्घाटन गरिएको थियो ।
खेलमैदानको उद्घाटनको अवसरमा एक दिवसिय फुटबल प्रतियोगिता पनि आयोजना गरिएको थियो । खेलमैदान निर्माणको लागि जग्गा दान गर्ने जग्गा दाताहरु फुर्वा यल्मो, शिबलाल प्रधान,सोनाम छिरिङ यल्मो, गाजी यल्मोलाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा नगरप्रमुख रणबहादूर राई र वडा नम्बर ३ अध्यक्ष होम बहादुर कार्कीलाई पनि प्रमुख अतिथि सुब्बाले सम्मान गरेका थिए ।
कार्यक्रममा जिल्ला फुटबल सघँ इलामका उपाध्यक्ष मणि गुरुङ जग्गा दाताको प्रतिनिधित्व गर्दै शिवलाल प्रधान, शसस्त्र प्रहरी बल पशुपतिनगर बिओपि प्रमुख नविन खतिवडा,वडा अध्यक्ष होम कार्की नगरप्रमुख रणबहादूर राई प्रमुख अतिथी लाल बहादूरु सुब्बा लगायतले खेल मैदान निर्माणपछि स्थानीयस्तरमा खेलकुदका प्रतियोगिता आयोजना गर्न सहज भएको बताए । नगरपालिकाले लिएको एक वडा एक खेलमैदानको अवधारण अनुसार सेभेन ए साईडको खेलमैदान निमार्ण भए सगै स्थानीय बासी हर्षित भएको निर्माण समितिका अध्यक्ष प्रकाश आचार्यले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार