Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

जलथललाई हराउँदै ब्रदर्श दशै कपको सेमीफाइनलमा

जलथललाई हराउँदै ब्रदर्श दशै कपको सेमीफाइनलमा

  • सन्देश सम्वाददाता
  • सोमबार, कार्तिक ३ २०७७


जलथललाई हराउँदै ब्रदर्श दशै कपको सेमीफाइनलमा

भद्रपुर । झापाको ज्ञानेचोकमा जारी दशै कप २०७७ फुटबल प्रतियोगितामा ब्रदर्श युनाइटेड जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको छ । दोश्रो क्वाटरफाइनल खेलमा जलथल एफसीलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले जित निकाल्दै ब्रदर्शले सेमीफाइनल यात्रा तय गरेको हो । खेलको सुरुवाती अग्रता जलथलले पहिलो हाफमा लिएको थियो । दोश्रो हाफमा कर्ण लिम्बुले गोल गर्दै खेल बराबरीमा ल्याए ।

टाइब्रेकरबाट निर्णय लिइएको खेलमा जलथलका कप्तान बिनोद मेचेको प्रहारले ब्रदर्शका गोलरक्षक दिपांशु राउतले बचाउँदै आफनो टिमलाई सेमीफाइनलमा प्रवेश गराए । कार्तिक ७ गते सम्पन्न हुने प्रतियोगितामा झापाका ८ टिमको सहभागिता रहेको छ । बिजेताले नगद १५ हजार र उपविजेताले १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भरखरै मात्र स्थापना भएको ब्रदर्शले पहिलो प्रतियोगिताको रुपमा दशै कपमा जलथल विरुद्ध प्रतिस्पर्धा गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार