अझै फेरि जातको कुरा हुनेछ
ठुला ठुला अनेक नरसंहार हरुले
कथित जे होस् अभिष्ट पूरा हुनेछ
अन्यायको भुमरी भित्रबाट
न्यायको भिखले निसाब हुनेछ
खै के भयो र परिवर्तन
गणित सकिएपछि हिसाब हुनेछ
आफ्नो कुवा थाहा पाउनलाइ
म आफैमा नि बात र व्यवहार हुनेछ
साच्चै मानिदिएरै मानाङक भएको
अझै फेरि जातको कुरा हुनेछ
सबै नया फेरिए पनि
ढोङगी चिन्तन जिवित हुनेछ
बढी क्रान्तिकारी बन्नलाइ
र त फेरि स्थिति खलबल हुनेछ
हामी मान्छे लाई मान्छे भन्न नसकेर
जिवहरु बरु मान्छे हुनेछ
सहअस्तित्व र समानता लजाएर
पुन क्रान्तिको अपिल हुनेछ
बिबिधता एकात्मकतामा सिमित हुदा
बिद्रोहको बिगुल सर्बत्र हुनेछ
जब हामी सत्यमाथि कुतर्क गर्छौ
सबै मुल्यमान्यता खरानी हुनेछ
सम्मान गरौ आपसमा
संसार सारा आफ्नो हुनेछ
एकको अपमानमा अर्कोको सम्मान कहाँ हुन्छ
अझै फेरि जातको कुरा हुनेछ।