भूलै भूलको सागरमा
हामी त अल्मिदिएछौ
युगौ युगसम्म
लामो मौनतालाई बोकेर
अनि हामी त यहाँ बाँचिदिएछौ
छाती भरि विवशताहरुलाई संगालेर
शोषित, पीडित र अस्तित्वहीन जिन्दगीहरु लिएर
हामीलाइ त थाहै भएनछ
हामीले यहाँ धेरै धेरै भूलहरु गरिरहेको,
यसैले त हामी बाचिरहेका छौ
वर्तमानमा भूतका पश्चतापहरु बोकेर
अनि आउने भविष्यका गर्भमा
धेरै धेरै विकटताहरु लिएर
हामी त युगौ युगसम्म
भूलै भूलमा बाँचिदिएछौ
अनि हामीलाइ त पत्तै भएनछ
हाम्रा अस्तित्वहरु बिलाउँदै गएको
हामीलाई त थाहै भएनछ ।
हाम्रा जिन्दगीहरु रितिदै गएको
हामी त भित्रभित्रै खोक्रो हुँदै गइसकेछौ
अनि खिइसकेछन् हाम्रा ती जिन्दगीहरु
यसैले त मलाई भन्न मन लाग्छ
अन्याय र गञ्जागोलले अठ्याएको यो देशमा
हामीहरु आँखा भएर पनि अन्धा छौ
कान भएर पनि बहिरा छौ
अनि खुट्टा भएर पनि लंगडा छौ
किन भने हामीहरुले देख्न सकेनौ यहाँ
हज्जारौको क्रन्दनलाई
बुझ्न सकेनौ वास्तविकता र सत्यतालाई
सुन्न सकेनौ शोषित पीडित र दलितको आवाजलाई
अनि हिड्न जानेनौ संर्घषको गोरेटोमा
हामीले त सहिदको रगतलाई भुलिदिएछौ
हामीले त सहिदको सपनालाई बिर्सिदिएछौ।
यसैले त म खेलेआम भनिदिन्छु
हामी अन्धा छौ, मुख छौ
काना, लंगडा र बहिरा छौ
अनि हामीहरु काँतर छौ
डराउँछौ संर्घषमा मृत्युका त्रासहरु बोकेर ।
हो हामीहरुले यहाँ भूल गरिरहेका छौ
आज यी हाम्रा भूलहरुले
भोली यहाँ धेरै धेरै बिकटताहरु जन्माउनेछन्
नांगिनेछन् यहाँ हाम्रा जिन्दगीहरु
बिलाउनेछन् यहाँ हाम्रा अस्तित्वहरु
भोलिको शुन्यता ।
यसैले हामी अझै यदि
हाम्रा भूलहरु दोहो¥याउनेछौ भने
हामीलाई वर्तमानले गिज्याउनेछ
भबिष्यले हाम्रो गुनासो गर्नेछ
हाम्रा सन्तानहरुले हामीलाई गाली दिनेछ
यहाँको हरेक ढुङ्गा र माटोले
पश्चताप गर्नेछ हाम्रो मूर्खतामा
यदि हामी हाम्रो भूललाई दोहो¥याउँछौ भने
इतिहासले हामीलाई गाली र सराप दिनेछ
भविष्यका हाम्रा सन्तानले हामीलाई धिक्कानेछ ।
अनि धर्तीले हाम्रा तिरस्कार गर्नेछ ।
फागुन २०३२