Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

पिएसजी पहिलोपटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा

पिएसजी पहिलोपटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र ३ २०७७


पिएसजी पहिलोपटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा

च्याम्पियन्स लिग फुटबलको फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेको छ । राति भएको खेलमा आरबी लेइप्जिङलाई ३ -० ले हराउँदै पीएसजी फाइनलमा पुगेको हो । युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो लगानीकर्ता पीएसजीले स्थापनाको लामो समयपछि पहिलो पटक सफलता प्राप्त गरेको हो ।

यसका लागि उसले अर्जेन्टिनी खेलाडी एन्जेल डि मारियाको उत्कृष्ट प्रदर्शनमा आरबी लाइपगिजलाई सजिलै हरायो । पहिलो हाफमा पीएसजीले २–० को अग्रता लिएको थियो । त्यसमा मारक्विन्हो र डि मारियाले गोल गरे । दोस्रो हाफमा जुवान बर्नाटले तेस्रो गोल गरे र पीएसजीले इस्टाडियो डा लुइजमा आरामदायी जित निकाल्यो ।

मंगलबार रातिको खेलमा पिएसजीलाई जिताउन नेइमारको भूमिका महत्वपूर्ण रह्यो । उनले गोल नगरे पनि गोलका लागि अवसर सिर्जना गरे । डी मारियाको गोलका लागि नेइमारले सहयोग गरेका हुन् । अब पीएसजीले उपाधिका लागि बायर्न म्युनिख र लियोनबीचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ । बायर्न म्युनिख र लियोनको खेल आज राति हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार