Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रदेक एक सरकारको कृषि मन्त्रालय र एनटिभी इटहरी च्यानलबिच सहकार्यको संझौता

प्रदेक एक सरकारको कृषि मन्त्रालय र एनटिभी इटहरी च्यानलबिच सहकार्यको संझौता

  • सन्देश सम्बाददाता
  • बुधबार, साउन २८ २०७७


प्रदेक एक सरकारको कृषि मन्त्रालय र एनटिभी इटहरी च्यानलबिच सहकार्यको संझौता

विराटनगर । प्रदेश एक सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय नेपाल टेलिभिजन इटहरी च्यानलबिच सहकार्यको संझौता भएको छ । प्रदेश नम्बर एकको कृषि क्षेत्रको विकासका लागि प्रचारप्रसार गर्ने गरि नेपाल टेलिभिजन इटहरी च्यानल र कृषि मन्त्रालयबिच संझौता भएको हो ।


सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री राम बहादूर राना मगरको उस्थितिमा मन्त्रालय र इटहरी च्यानबिच संझौता भएको हो । संझौता अनुसार नेपाल टेलिभिजन इटहरी च्यानलले आर्थिक वर्ष २०७७÷७८ का लागि टेलिभिजनमा कृषि कार्यक्रम उत्पादन तथा प्रशारण गरिनेछ । संझौता अनुसार नेपाल टेलिभिजन इटहरी च्यानलले हरेक प्रत्येक समाचारको तीन मिनेट कृषि समाचार उत्पादन गरि प्रसारण गर्ने । त्यस्तै कृषि सम्बाद, कृषकको सफलताको कथा लगायतका कार्यक्रम उत्पादन गरि प्रशारण गरिने नेपाल टेलिभिजन इटहरी च्यानलका प्रमुख टंक उप्रेतीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार