Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

लकडाउनमा भान्साको साहारा : हर्कटेको च्याउ खेती (फोटो फिचर)

लकडाउनमा भान्साको साहारा : हर्कटेको च्याउ खेती (फोटो फिचर)

  • सुजन तिमल्सिना
  • सोमबार, बैशाख २२ २०७७


लकडाउनमा भान्साको साहारा : हर्कटेको च्याउ खेती  (फोटो फिचर)

इलाम । कोरोना भाइरस विरुद्धको लकडाउनका बेला इलामको रोङ गाउँपालिमा उत्पादन भएको च्याउको माग इलाम र झापका बजारमा बढ्दै गएको छ । प्रदेश सरकारको कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोग गरेपछि किसानले च्याउबाट राम्रो आम्दानी गर्दै आएका हुन् ।


लकडाउनका बेलापनि इलामको रोङ गाउँपालिका क्षेत्रका किसानहरुले व्यवसायीक रुपमा च्याउ खेतीबाट राम्रो आम्दानी गरेका छन् । ६ वर्ष अघि व्यवसायीक रुपमा खेती थालेका किसानहरुलाई च्याउ खेतीले राम्रो आम्दानी दिएको हो ।
२०७० सालमा कृषि विकास कार्यालयबाट चार लाख रुपैयाँ अनुदानमा १५ जना किसानहरुले रोङ गाउँपालिकाको हर्कटे क्षेत्रमा व्यवसायीक रुपमा च्याउ खेती थालेका थिए । किसानले च्याउ खेतीलाई निरन्तरता दिएपछि प्रदेश सरकारको कृषि ज्ञान केन्द्रले पनि प्राविधिक सहयोग गर्दै आएको छ ।


इलामलेली कृषक समुह गठन गरि च्याउ खेती गर्दै आएका किसानहरुले इलाम र झापाका बजारमा लकडाउनका बेलापनि बिक्रि गर्दै आएका छन् । एक किसानले च्याउ उत्पादनका लागि ७ वटासम्म परालको घर निर्माण गरेका छन् ।


च्याउ खेतीमा कृषकको आकर्षण र आम्दानी राम्रो भएकाले आगामि आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र मार्फत किसानलाई सहयोग गर्ने योजना ल्याउने प्रदेश सासंद काजिमान कागतेले बताउनुभयो ।
किसानले उत्पादन गरेको च्याउ लकडाउनका बेलापनि घरबाट बिक्रि हुँदै आएको छ । समान्य अवस्थामा प्रतिकिलो एक सय साठि रुपैयाँमा बजारमा पुग्ने च्याउ अहिले प्रतिकिलो एक सय रुपैयाँमा बिक्रि हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार