कोरोनासंग संसार जुधिरहेको बेला
बिश्व कब्जा गर्न तल्लीन छन् केही झुण्डहरु
ति साम्राज्यबादी शक्तिहरु बीच,
आरोप-प्रत्यारोपमा रुमलिरहँदा
शक्तीको होडबाजी चलीरहेको बेला
संसार कब्जा गर्न तलीन छन् कायरहरु
एकले अर्कालाई सिध्याउन जैविक हतियार बनाउँदा
आज मन कुडिएर छिया छिया भइसक्याे
भावनाका छालहरु एकाकार हुनुपर्ने बेला
एक अर्कालाई मारामार गरिरहेछन हेर
काधमा काध मिलाएर हिडनुपर्ने बेला
शक्ति संर्घषमा रमाइरहेछन् हेर
त्यसैले त जेफ बेजाेसहरु मोटाइरहेछन
आज संसार रोइरहेको बेला