Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

मेरो मिल्ने साथी

मेरो मिल्ने साथी

  • सचिन सुब्बा
  • शनिबार, चैत्र २२ २०७६


मेरो मिल्ने साथी

चकलेटको फ्याकिएको खोलको पैसा बनाएर बजार भर्न जाने
अनि बनभोज ठानी घर छेवैको बारिमा चोरेको अम्बा र आप लुकि लुकि खाने
याद गर्दैछु तंलाई यो घडिमा हेर्दै आकाश माथि ,भुल्या त छैनस नि है मेरो मिल्ने साथी ।।

पाठशाला जांदा चौतारीमा चोरेको चकले हामी दुईको नाम लेख्दै
तेल लाएर लपक्कै केश एक पट्टि पारेर सिनेमाको हिरो झै आफुलाई देख्दै
ट्यान–ट्याडानको आवाज निकाल्दै उफ्रेको माथि माथि
भुल्या छैनस नि है त्यो दिन मेरो मिल्ने साथी ।।

परिक्षाको बेलामा म तेरो घर त मेरो घर पढछु भनेर आको
कोठा भित्र पसेर मन पर्ने केटी को चित्र बनाको
अनि चित्रलाई नै मायालु सम्झि राखेर छाति माथि
भुल्या छैनस् नि है त्यो रात खास खुस मा बिताको साथी ।।

सरस्वती पुजामा क्या मज्जा गरेको
तेरो केटिले छमछमि नाच्न परेको
आफ्नो केटिले धन भन्दा बिद्या ठुलो भन्दै पुरस्कार जितेको
याद आउछ नि मेरो मिल्ने साथी त्यो दिन कत्ति छिटो बितेको ।।

दशैमा आमा बुवा संग मिल्दोजुल्दो कपडा चाहियो भनि एक सुत्रिय माग राख्दै आन्दोलन गरेको
बाबु आमाले हुन्छ नि भन्दै स्कुलकै पोशाक ल्याएर हामीलाई जिल्याउदै आन्दोलन मत्थर पारेको
याद आउछ नि है साथि तलाइ हरेक दशैं हामीले स्कुले लुगामा टारेको ।।

राजकुमार दिक्पालको कथा भन्दै देउसिरे तैले भट्याको
भट्याउनेले दक्षिणा धेरै पाउने भन्दै दक्षिणा अलि धेरै तैले पट्याको
चेलिले देको रुमाल गलामा बाधेर रात भरि नाचेर घर फर्केको
याद छ नि है साथी तंलाई बिहानै बुवाको कुटाई बाट हामी तर्केको ।।

होलिको दिनमा रंग बोकि हातमा मन परेकी मायालु खोज्दै
भेटना साथ रंग लगाउने बहानामा सिन्दुर लाईदिन्छु सोच्दै
मनको लडडु घिउ संग खादै हिडेको हामी
याद छ नि तलाई बिताएको त्यो पल दामी ।।

त्यो दिन सम्झि आज बस्दै गर्दा
तेरो यादमा यो पंक्ति कोर्दा
आँसु बगाको मैले तैंले पाठशाला छोड्दा
बेला बेला सम्झने गर है मेरो घरको बाटो मोड्दा ।।

सफलताले तेरो कदम चुमोस यार
सिढि नभए मेरो कांध दिउला
निस्कने चाहि गर है मेरो घर
कोहि बेला सर्वत नभए पानी मात्र पिंउला ।।

याद गर्छु तंलाई अनि हाम्रो पललाई
बालापनमा गरेको त्यो हाम्रो छललाई
याद गरेको छु है आज हेर्दै आकाश माथि
मलाई नि याद गर है कोहि बेला मेरो मिल्ने साथी
मेरो मिल्ने साथी ।।

सुब्बा खेलपत्रकार हुन्

प्रतिक्रिया
सम्बन्धित समाचार