Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

अन्जनले अन्तिम खेल नखेल्ने

अन्जनले अन्तिम खेल नखेल्ने

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन ३ २०७४


अन्जनले अन्तिम खेल नखेल्ने

काठमाडौँ  – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका यू२३ टोलीका फरवार्ड अन्जन बिष्ट लेबनान विरुद्ध बुधबार हुने खेलमा अनुपस्थित रहने भएका छन्। पहिलो दुइ खेलमा सुरुवाती रोजाईमा परेका अन्जन को अनुपस्थितिले लेबनानविरुद्धको खेलमा नेपाली टोलीलाई केहि कठिन हुने पक्का छ।

अन्जनले समूह चरणका प्रथम दुई खेलमा पहेंलो कार्ड पाएका कारण प्रतिबन्धमा परेका हुन्। प्रतियोगिताको नियमावली अनुसार समूह चरणका खेलहरुमा २ पहेंलो कार्ड खाने खेलाडीले त्यसपछिको खेल खेल्न पाउनेछैन।

अन्जनले पहिलो युएईविरुद्धको पहिलो खेलमा ८२औं मिनेटमा कार्ड खाएका थिए भने उज्वेकिस्तानविरुद्धको खेलमा ७८औं मिनेटमा फल हानेपछि कार्ड खाएका थिए। उनले दुवै खेलमा पुरा समय मैदानमा बिताएका थिए।

अन्जनको अनुपस्थितिसँगै अन्तिम खेलमा प्रशिक्षक राजु काजी शाक्यले संजोग राइ अथवा सुनिल बललाई सुरुवाती रोजाईमा उतार्ने सम्भावना रहेको छ। नेपाली टोलीले बुधबार लेबनानको सामना गर्दैछ।

प्रतिक्रिया
सम्बन्धित समाचार