Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

कृष्ण र मनोजले बाँडे इलाम बजारमा साग

कृष्ण र मनोजले बाँडे इलाम बजारमा साग

  • सन्देश सम्वाददाता
  • सोमबार, चैत्र १७ २०७६


कृष्ण र मनोजले बाँडे इलाम बजारमा साग

इलाम । कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि सरकारले आव्ह्रान गरेको लकडाउनका कारण बजारमा सब्जी अभाव भएको बेला उद्योग वाणिज्य संघ इलामका बरिष्ठ उपाध्यक्ष कृष्ण पौडेल र विब्ल्याँटेका व्यवसायी मनोज घिमिरेले निःशुल्क साग वितरण गरेका छन् ।
सोमबार विहान पाँच सय मुठा साग बजारमा निःशुल्क वितरण गरिएको हो । भीडभाड नहोस् भन्ने उद्देश्यले घरघरमा एक एक मुठा साग वितरण गरिएको थियो । किसानको उत्पादन पनि विक्री हुने अभाव पनि टर्ने भन्ने उद्देश्यले साग वितरण गरेको उपाध्यक्ष पौडेलले बताए । दुई युवा व्यवसायीले उपलब्ध गराएको साग उद्योग वाणिज्य संघ उपाध्यक्ष दिपेश श्रेष्ठले घरघरमा वितरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार