Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

प्रजातन्त्र दिवशको उपलक्ष्यमा सन्दकपुरमा पुरुष र महिला फुटबल प्रतियोगिता

प्रजातन्त्र दिवशको उपलक्ष्यमा सन्दकपुरमा पुरुष र महिला फुटबल प्रतियोगिता

  • सन्देश सम्बाददाता
  • बिहिबार, फाल्गुन १ २०७६


प्रजातन्त्र दिवशको उपलक्ष्यमा सन्दकपुरमा पुरुष र महिला फुटबल प्रतियोगिता

सन्दकपुर । प्रजातन्त्र दिवशको उपलक्ष्यमा इलामको सन्दकपुर गाउँपालिका पुरुष र महिला फुटबल प्रतियोगिता शुरु भएको छ । फागुन ७ गते समापन हुने प्रतियोगितामा पूरुषतर्फ १६ टिम र महिलातर्फ ६ टिम सहभागि भएका रहेका छन् । सूर्योदय, इलाम नगरपालिका, माईजोगमाई र सन्दकपुर गाउँपालिका भित्रका क्लबहरु सहभागि रहेको स्थानीय दिनेश ढकालले बताए ।


नवज्योती खेल संघ सन्दकपुर ३ का अध्यक्ष हरी चन्द्र बुर्जाको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादूर राईले उद्घाटन गरे । सन्दकपुर ३ स्थित लुरिङ्टार खेल मैदानमा शुरु भएको प्रतियोगिताको पूरुषतर्फ प्रथम पुरस्कार ६५ हजार र द्धितिय पुरस्कार ३५ हजार रुपैयाँ रहेको छ ।
प्रतियोगिताको महिलातर्फ प्रथम पुरस्कार १५ हजार र महिलाको प्रथम १५ र दोस्रो पुरस्कार ७ हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा ओख्रे फुटबल क्लबलाई सुन्यका विरुद्ध ७ गोल गर्दै इलाम एफ्सी बिजयी भएको छ ।
प्रतियोगिताको उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष उदयबहादूर राईले ग्रामीण क्षेत्रमा हुने फुटबल प्रतियोगिताले खेल क्षेत्रको बिकासमा सहयोग पुग्ने बताए । खेल क्षेत्रको विकासका लागि सन्दकपुर गाउँपालिकाले बार्षिक रुपमा बजेट विनियोजन गरि सहयोग गर्ने अध्यक्ष राई बताए । उद्घाटन सत्रमा सन्दकपुर ३ का अध्यक्ष कृष्ण पाठक, इलाम नगरपालिका ३ अध्यक्ष तिर्थ गुरुङ्ग, जिल्ला भलिवल संघका अध्यक्ष डाकप्रसाद गौतम, सन्दकपुर ३ का वडासदस्य हरि लुङ्गेली, नवज्योती खेल संघका पूर्व अध्यक्ष कमल बुर्जाले ग्रामीण क्षेत्रमा हुने फुटबल प्रतियोगिताहरुले इलामको खेल क्षेत्रको विकासमा सहयोग पुर्याउने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार