आइतबारे । १६ औ संस्करणको आइतबारे रनिङ ट्रफी खुल्ला फुटबल प्रतियोगिताको उपाधीको लागी खुदुनाबारी स्पोर्टिङ क्लब झापा र जनता सेभेन फिक्कल भिड्ने भएका छन् । विरेन्द्र माविको खेलमैदानमा आज सम्पन्न दोश्रो सेमीफाइनलमा टिवाइसी तीनघरेलाई टाइव्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै खुदुनाबारीले फाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा दुबै तर्फबाट ३÷३ गोल भए पछि खेलको निर्णय ट्राइबेकर बाट गरिएको हो ।
निर्धारित समयमा टिवाइसी का शेखर राई, राजेश राई र रबिन राइले समान १÷१ गोल गरेका थिए । खुदुनाबारीका लागि विशाल खवासले २ तथा बबिन बोहोराले १ गोल गरेका थिए । उपाधीका लागि खुदुनाबारीले आगामी शनिबार जनता सेभेन फिक्कलको सामना गर्नेछ ।