आइतबारे :आगामी माघ २ गतेबाट इलामको सूर्योदय नगरपालिका–११ आइतबारेमा मा १६ औ संस्करणको आइतबारे रनिङ ट्रफी खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आइतबारे युवा क्लबको आयोजनामा बिरेन्द्र माविको खेलमैदानमा प्रतियोगिता आयोजना गरिने भएको हो ।
नेपाल भ्रमण बर्ष २०२० भब्य, सभ्य र सफल पार्रौ, चेलीबेटी बेचबिखन एचआइभी ,एड्रस बिरुद्धको हाम्रो अभियान भन्ने मुल नाराका साथ हुन लागेको प्रतियोगिता माघ ११ गते सम्म हुने गते सम्म सञ्चालन हुने भएको छ । प्रतियोगितामा झापा र इलामका बिभिन्न क्लबका १६ टिमहरुको सहभागीता रहनेछ । प्रतियोगिताको बिजेताले नगद ८० हजार एक १ सय ११ रुपैया तथा उपविजेताले ५० हजार १ सय १ रुपैया नगद सहित ट्फी ,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
विभिन्न विधागत रुपमा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न ३ लाख ९३ हजार रुपैया लाग्ने आयोजकले अनुमान गरेको छ । प्रतियोगीतामा प्रथम पुरस्कार समाजसेबी नेपाली काग्रेसका युवा नेता डम्बर खड्काले दिने भएका छन् । आफ्ना आमा बाबुको सम्झनामा मेची अञ्चल आयुबेदिक अस्पताल आइताबारेका प्रमुख तिर्थराज आचार्यले दोस्रो पुरस्कार दिने भएको आयोजकले जनाएको छ ।
२०५८ सालमा स्थापना भएको क्लबले सामाजिक ,स्वास्थ्य, शिक्षा ,जनचेतना, खेलकुद, कार्यहरुमा सकृय रहेर आफ्नो पहिचान बनाएको छ । प्रतियोगिताको फाइनलको दिन माघ ११ गते नेसनल डेन्टल केयर सेन्टर झापाले निशुल्क दन्त शिबिरको आयोजना गरेको छ । सोही दिन एपोलो हस्पिटल एवं ट्रमा सेन्टर इलामले हाडजोर्नी नसा सुगर ,प्रेसर सम्बन्धि निशुल्क शिबिरको समेत आयोजना गरिएको छ ।