सूर्योदय नगरपालिका–११ केराबारीमा जारी साकेला रनिङ कपको फाइनल खेल आज हुँदैछ । निहारिका पार्टनर स्पोंटिङ क्लबको आयोजनामा भएको प्रतियोगिताको उपाधीका लागी मोक्ष गोदक र तीनघरे फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । सेमीफाइलनमा तीनघरेले भेनस सुन्दरपानी तथा मोक्षले जनता सेभेनलाई हराउँदै उपाधी भेट पक्का गरेका थिए । केराबारी आधारभुत विद्यालयको खेलमैदानमा जारी प्रतियोगितामा इलामका ३२ टिमको सहभागीता रहेको थियो ।
प्रतियोगिताको बिजेता टिमले नगद ६० हजारका साथै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी दोश्रो हुनेले नगद ४० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिले जनाएको छ । व्यक्तिगत विद्या तर्फका उत्कृष्टलाई नगद २ हजारका दरले प्रदान गरिनेछ । प्रतियोगिताको समापनको अवसरमा गायक सुरेशकुमार क्षेत्रीको सांगितिक प्रस्तुती समेत रहने आयोजक समितीले जनाएको छ ।