इलाम । इलाम मौन समयमा आचार सहिंता व्यापक उलङ्घनमा नेकपा एमालेका केन्द्रिय नेताहरु सक्रिय रहेको पाइएको छ । मौन अवधीमा नेकपा एमाले बरिष्ठ नेता झलनाथ खनाल र सुवासचन्द् नेम्वाङले गृह जिल्ला इलाममा आचार संहिता बिपरीत मतदातालाई प्रलोभनमा पार्ने काममा रहेका पाइएको भन्दै मुख्य निर्वाचन कार्यालय इलाममा उजुरी परेको छ ।
उनीहरुले मौन अवधिमा मतदाताको घरघरमा पुगी पैसा वाड्ने तथा मतदाताहरुलाई आतंकित पार्ने काम गरीरहेका भन्दै नेपाली काँग्रेस इलाम नगरपालिका प्रमुखका उम्मेदवार हिमालय कर्मचार्यले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन । नेम्वाङ र खनालले जसरी भएपनि एमालेलाई नै भोट हाल्नु पर्ने भन्दै मतदातालाई दवाबमा समेत राख्ने काम गरेको आरोप लागेको छ । कर्मचार्यले भने ‘मौन अवधि शुरु भए देखी नै नेम्वाङले मतदाता भेला गरेर आमसभा गर्ने काम गरेको पाइएको छ’ । इलाम नगरपालिका–५ बरबोटेमा कार्यक्रम गर्न लाग्दा काग्रेस कार्यकर्ताले सोमबार त्यहाबाट लखेटेपछि नेम्वाङ सन्दकपुर गाउँपालिकाको देउराली लगायतका स्थानमा मतदाता भेला गर्दै बिभिन्न आश्वासन दिलाउने काम गरेको आरोप लागेको छ ।
नेम्वाङले देउराली बजारमा सोमबार बेलुका निर्वाचन आयोगको आचार संहिता बिपरीत भोजभत्तेर नै गरेको थिए । उनले त्यहा पार्टीका कार्यकर्ता संग तस्वीर पनि खिचाएका छन् । झलनाथ खनालले समेत इलाम नगरपालिका ६ को घोषमा कार्यकर्ता भेला गरेर पैसा बाँड्ने काम गरेका छन् । खनाल रातभर मतदाताको घरघरमा पुगेर मत माग्ने काम गरिरहेका छन् । एमालेको हर्कतको विरोध गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले कानुनी कारबाहिको माग गरेका छ्न् ।
एमालेले भने बरिष्ठ नेताहरु गाउँ पुग्दा आठ दश जना भेला हुँनु स्वभाविक भएको बताउदै आएको छ । बिरलै मात्र कार्यक्रममा पुग्ने ती ठाउँमा उनीहरु निर्वाचनको मुखमा पुग्नु भनेको चुनाबी प्रचारका लागि मात्र भएको स्थानीयले बताएका छन । कतिपय स्थानमा चामल पैसा बाडने काम समेत भएको आरोप लागेको छ ।
इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुन्य समयमा समेत मत माग्ने कार्यकर्ता तथा नेतालाई पुष्टी भए कारबाही गरिने जानकारी दिए । इलामका मुख्य निर्वाचन अधिकृत नवराज दाहालले खनाल र नेम्वाङ विरुद्ध मौन अवधीको अवज्ञा गर्दै मतदातालाई प्रभावित गर्नका लागी चुनाव प्रचारको गरेको भन्दै उजुरी परेको बताए । अधिकृत दाहालले भने ‘ नेता ज्यूहरुले आचार संहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ यस बिषयमा छानविन हुनेछ’ । उनले शुन्य अवधिमा यस्ता कार्य गरेर उम्मेद्रार निर्वाचित भए र पुष्टी भयो भने उसको पद खारेज हुने वताए । निर्वाचन अनुगमनका लागि पूर्वमा रहेका राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदिप पाठकले दलहरुले मौन समयमा यस्ता गतिविधि गर्दा चुनावलाई प्रभावित पार्ने बताए ।
उता एमाले नेता झलनाथ खनाल निकट मानिने सूर्योदय नगरपालिकामा एमालेको तर्फबाट मेयरका उम्मेद्वार रणबहादुर राई (आरबी) ले श्रीअन्तु र समालबुङ्गमा निर्वाचनलाई प्रभाव पार्ने गरी प्रति परिवार १७ हजार रुपैया बाडेको बुझिएको छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुन्य समयमा भएका गतिबिधिको अध्ययन गरेर कारबाही गरीने जानकारी दिए ।