Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

बिच भलिबल : इलामकी विनिता र धनगढीकी नेबिकाकाे जाेडीलाई कास्य

बिच भलिबल : इलामकी विनिता र धनगढीकी नेबिकाकाे जाेडीलाई कास्य

  • लोकल सन्देश
  • आइतबार, मंसिर २२ २०७६


बिच भलिबल : इलामकी विनिता र धनगढीकी नेबिकाकाे जाेडीलाई कास्य

इलाम । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बिच भलिबलमा नेपालले कास्य पदक जितेको छ । पोखरामा आइतबार भएको खेलमा नेपाली टिमबाट प्रतिनिधित्व गरेकी इलामकी विनिता बुढाथोकी र धनगढीकी नेबिका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनीषा चौधरीको जोडीलाई सेमिफाइनलमा २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित गर्दै कास्य हात पारेको हो ।
नेबिका र विनिताको टोली समुह ए बाट उपविजेता तथा कोपिला र मनिषाको जोडी समुह बी बाट उपविजेता बन्दै सेमीफाइनल पुगेका थिए । दुवै टिमले माल्दिभ्सलाई हराएका थिए । श्रीलंकाका दुवै टिम समूह विजेता बन्दै फाइनल प्रवेश गरेका थिए । श्रीलंकाकै दीपिका जेडेरा र मधुशानी वीरासिंगेको जोडीले लक्षिनी थारुका र दिनेशा प्रसादनीको जोडीलाई १९–२१, २१–१५ र १५–८ को सेटमा हराएर स्वर्ण जित्न सफल भयो । सागमा पहिलाे पटक बिच भलिबल राखिएकाे हाे । महिला तर्फ नेपाल, श्रीलंका र माल्दिभ्स सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार