Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

धरानमा तोडियो कम्युनिस्टको किल्लाः कांग्रेसका तिलक राई विजयी

धरानमा तोडियो कम्युनिस्टको किल्लाः कांग्रेसका तिलक राई विजयी

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर १६ २०७६


धरानमा तोडियो कम्युनिस्टको किल्लाः कांग्रेसका तिलक राई विजयी

धरान । धरान उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् । नेकपाका उम्मेदवार प्रकाश राईलाई करिब २ हजार ७ सय ९५ मतले पछि पार्दै तिलकले जित हात पारेका हुन् । २०४८ सालदेखि नेकपाले कब्जा जमाउँदै आएको धरानमा यस पटक कांग्रेसले किल्ला तोडेको हो ।
प्राप्त जानकारी अनुसार नेपाली कांग्रेस उम्मेदवार तिलक राईले २६ हजार ७०९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्धी प्रकाश राईले २३ हजार ९१४ मत प्राप्त गरेका छन् । यद्यपी, आधिकारिक घोषण हुन भने बाँकी छ । नेकपाका उम्मेदवार प्रकाश राईको पराजयसँगै नेकपालाई ठूलो धक्का लागेको छ ।
शनिबार भएको उपनिर्वाचनको मतदानमा ५५ हजार ११ मत खसेको थियो । यसअघि २०७४ मा भएको चुनावमा तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए । धरान उपमहानगरपालिका तात्कालीन नेकपा एमालेको परम्परागत गढ मानिन्छ । २०४८ सालयता त्यहाँको मेयरमा कांग्रेसले चुनाव जित्न सकेको थिएन । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचत तारा सुब्बाको निधन भएपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार