पशुपतिनगर । इलामको पशुपतिनगर क्षेत्रबाट शसस्त्र प्रहरी बलले अबैध रुपमा नेपालबाट भारत निर्यात गरेको अवस्थामा अबैध सामग्री बरामद गरेको छ । नेपालबाट भारततर्फ अबैध रुपमा निर्यात गर्दै गरेको अवस्थामा ४५ हजार बराबरको सामग्री बरामद गरेको शसस्त्र प्रहरी बल सीमा सुरक्षा पशुपतिनगरका प्रमुख पवन खड्काले बताए ।

प्रहरी प्रमुख पवन खड्काको गस्ति टोलीले डब्लु बि ७४यु ४९३६ नम्बरको भारतीय गाडिमा अबैध रुपमा भारत निर्यात हुँदै गरेको चुरोट, कस्मेटिक सामग्री बरामद गरेको हो ।
बरामद गरिएको चुरोट ४ लाख पचास हजार, कस्मेटिक सामग्री एक लाख र गाडि ४ लाखको गरि ९ लाख पचार हजार बराबरको सामग्री बरामद गरिएको हो । नियन्त्रणमा लिएको सामग्री पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

उक्त सामग्री सीमा क्षेत्रको छब्बिसे क्षेत्रबाट बरामद गरिएको शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पशुपतिनगरले जनाएको छ ।