Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

देउमाई नगरपालिकामा फल्यो डेढ रोपनी बारीमा पैँतीस सय किलो अदुवा

देउमाई नगरपालिकामा फल्यो डेढ रोपनी बारीमा पैँतीस सय किलो अदुवा

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक २८ २०७६


देउमाई नगरपालिकामा फल्यो डेढ रोपनी बारीमा पैँतीस सय किलो अदुवा

देउमाइ । जिल्लाका एक किसानले डेढ रोपनी जग्गामा ८२ मन ९४० किलोबराबर एक मन अदुवा फलाएका छन् । देउमाई नगरपालिका–८ कटुञ्जेका ४६ वर्षीय सुरवीर वान्तवाले भाडामा लिएर खेती गरेको डेढ रोपनी जग्गामा ८२ मन अदुवा उत्पादन गरेका हुन् ।

उनको उत्पादन पछिल्लो केही वर्षयताकै सबैभन्दा उच्च भएको अदुवा व्यवसायी अरुण नेपाल बताउँछन् । ‘प्रतिमन ६–७ मनसम्म फलाएको पहिले–पहिले सुनेको हो,’ नेपाल भन्छन्, ‘थोरै जग्गामा यति धेरै अदुवा फलाएको देखेको थिइनँ ।’ बान्तवाले प्रतिमनबराबर १० मनभन्दा बढीका दरले अदुवा फलाउँदा स्थानीय चकित बनेका छन् । ‘कुनै–कुनै एउटै पानो एक किलोभन्दा बढीको पनि थियो, आधा किलोभन्दा कमको कुनै पानो थिएन,’ उनले सुनाए, ‘अदुवाको बोट नै एकदम रहरलाग्दो थियो ।’ मनग्य अदुवा फलेपछि निकै उत्साही भएको किसान बान्तवाले बताए । उनले फलाएको अदुवा प्रतिमन २ हजार ३ सयका दरले गाउँकै व्यापारीलाई बिक्री गरेका छन् । डेढ रोपनी जमिनमा लगाएको अदुवाबाट एक सिजनमा उनले १ लाख ८८ हजार कमाएका छन् ।

बान्तवासँग ३५ रोपनी जग्गा बारी भए पनि उनी नयाँ–नयाँ बारी खोजेर अदुवा रोप्छन् । आफ्नो जग्गाघरभन्दा अलि टाढा रहेकाले खेती गर्न समस्या हुने र नयाँ बारीमा अदुवा रोप्दा राम्रो आम्दानी हुने भएकाले अरूकै बारी भाडामा लिएर खेती गर्दै आएको उनले बताए । बान्तवाले कुनै रासायनिक मल नछरी गाईगोठको मलबाटै अदुवा फलाएको बताएका छन् । nayapatrika

प्रतिक्रिया
सम्बन्धित समाचार