माई । माई नगरपालिकाका नगर प्रमुख दिपक थेवेको घरमा अज्ञात समुहले धनजनको क्षति गर्ने उद्धेश्यले गरेको घटनाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माई नगर कमिटीले भत्सर्ना गरेको छ । ‘गत असोज ६ गते रातको समयमा प्रेसरकुकर बम राखी आतंक मच्चाउने र पार्टीका सदस्यलाई निशाना बनाउने कार्य मानवअधिकार र लोकतन्त्रको मुल्यमान्यता विपरित रहेको पार्टीले ठहर गरेको छ ।’ पार्टी अध्यक्ष धनकुमार लिम्बुद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
‘फरक विचार भएकै कारण कमरेड दिपक कुमार थेवेलाई निशाना बनाइनु खेदजनक छ । उक्त घटना निमर्म, क्रुर र अमानविय व्यवहार रहेको हाम्रो पार्टीको ठहर छ । कुनै बिषयमा असहमती भए हामी विचारका आधारमा वार्ता छलफल र संवाद गर्न तयार हुनेछौ व्यक्तिगत रिसिवी वा कुनै घटनासँग जोडेर वा कसले, किन र कुन उद्धेश्यले घटना घटायो हालसम्म अज्ञात छ ।’ पार्टीले घटनाको घोर निन्दा र भत्र्सना गर्दै सत्य तथ्य छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्वन्धित निकायलाई अनुरोध गरेको छ ।
गत असोज ६ गते राती थेवे चढने गरेको मे १ ज २९११ नम्बरको गाडी मुनी अज्ञात समुहले प्रेसरकुकर बम राखेको थियो । बमलाई चारालीबाट आएको नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो । श्रोतका अनुसार नगर प्रमुख थेबेसंग प्रकाश नाम गरेको व्यक्तिले माटो रकम चन्दा माग गरेका थिए ।
