इलाम । साफ यु–१८ च्याम्पियनसिपको लागी नेपाली टिममा इलाममा २ जना युवाले स्थान बनाएका छन् । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले टोली घोषणा गर्दा मिडफिल्डर मनिष थापा र फरवार्ड दर्शन गुरुङले अन्तिम २३ मा स्थान बनाएका हुन् । असोज ३ गतेदेखी १२ गतेसम्म शसस्त्र प्रहरीको हलचोकमा हुने प्रतियोगितमा नेपाल सहित भुटान र माल्दिभ्स समुह ए मा रहेका छन् । समुह बी मा बंगलादेश, भारत र श्रीलंका रहेका छन् ।

दुबै समुहबाट शिर्ष २ मा रहने टोली सेमीफाइनल पुग्नेछ । नेपाली टोलीमा गोलरक्षक रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङले स्थान बनाउन सकेनन् । नेपालले असोज ३ गते माल्दिभ्ससंग प्रतिस्पर्धा गर्दै सुरुवात गर्नेछ । राउन्ड रोविनको आधारमा संचालित अघिल्लो संस्करणमा बंगलादेशलाई पछि पार्दै नेपालले उपाधी जितेको थियो । ५ टोली सहभागी प्रतियोगितामा नेपालले खेलेको ४ मध्ये भुटानसंग मात्र पराजय भोगेको थियो ।
नेपाली टिम
गोलरक्षकः विशाल सुनार, सूर्य अधिकारी, पुजन होना
डिफेन्डरः विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, एलिक रुम्वा, अन्जन महर्जन
मिडफिल्डरः शिशिर लेखी, रोशन राना मगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा
फरवार्डः ब्रिजेश चौधरी, सच्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी