Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेकपा इलामको कोष तथा आर्थिक व्यवस्थापन विभागमा पूर्णता

नेकपा इलामको कोष तथा आर्थिक व्यवस्थापन विभागमा पूर्णता

  • सन्देस सम्बाददाता
  • बिहिबार, भाद्र १९ २०७६


नेकपा इलामको कोष तथा आर्थिक व्यवस्थापन विभागमा पूर्णता

इलाम । नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी इलाम अन्तर्गत कोष तथा आर्थिक व्यवस्थापन विभागले पूर्णता पाएको छ । बिहिबार प्रथम बैठक जिल्ला पार्टी कार्यालयमा बसि नौ जना सदस्य मनोनयन गरेको हो ।
विभाग प्रमुख नरेन्द्रनाथ भट्टराईको अध्यक्षता एवं पार्टी जिल्ला कमिटी सचिवसोममाया राई (सिन्धु) को प्रमुख आतिथ्यता र जिल्ला कार्यालय सदस्य तेजबहादुर राई (विजय) को विशेष आतिथ्यमा बैठक सम्पन्न भएको थियो ।
विभागको मनोनीत सदस्यहरुमा लोकबहादुर थाम्सुहाङ्ग, चुडामणी खनाल, राजेन्द्र चौहान, प्रकाश राई (अनुप), भिम कार्की, दिनेश ढकाल, हरि पौडेल, दिव्या भट्टराई र होम ढुङ्गाना रहेका छन् ।
विभागले पूर्णता पाएसँगै कार्ययोजना निर्माण गरि कार्यान्वयनमा विभागको उप–प्रमुख  धिरेन चेम्जोङ्गले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार