इलाम । इलाममा जारी टि–२० सिरिजको पहिलो खेलमा मिलन क्रिकेट क्लब काँकडभिट्टासंग इलाम क्रिकेट एकाडेमी २० रनले पराजित भएको छ । जितसंगै ३ खेलको सिरिजमा मिलनले १–० ले अग्रता लिएको छ । घरेलु मैदानमा टस जितेर इलामले बलिङ गर्ने निर्णय गरेको थियो । ब्याटिङमा उत्रिएको मिलनले ३ विकेटको क्षतिमा ९६ रनको योगफल तयार पा¥यो । उस्का लागी निङमा तामाङले नटआउट ४२ रनको बनाएकी थिइन् । त्यसैगरी प्रज्ञा कटुबालले नटआउट १२ रन बनाइन् । इलामका तर्फबाट सिर्जना तामाङले २० रन खर्चदै ३ विकेट लिएकी थिइन् ।

जवाफी व्याटिङमा उत्रिएको इलामले १४ ओभरमा सवै विकेट गुमाउदै ७६ रनमात्र बनाउन सक्यो । इलामका तर्फबाट संगम तामाङले ३० बलमा २१ रन बनाउँदा सिर्जना तामाङले १९ रन बनाइन् । अन्य व्याटसवुमनले दोहोरो अंक छुन सकेनन् । इलामको व्याटिङलाई सस्तैमा समेट्न मिलनकी ज्योती दनुवारले ८ रन खर्चदै ३ विकेट लिइन् । निङमाले १० रन खर्च २ विकेट लिँदा संगिता खत्रीले १२ रन खर्चदै २ विकेट र लकिता राजवंशीले १९ रन खचेर १ विकेट लिइन् ।