Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

यु–१५ महिला टिमको क्लोज क्यापमा इलामकी प्रिया

यु–१५ महिला टिमको क्लोज क्यापमा इलामकी प्रिया

  • नमीन ढकाल
  • शनिबार, भाद्र ७ २०७६


यु–१५ महिला टिमको क्लोज क्यापमा इलामकी प्रिया

इलाम । भुटानमा आयोजना हुने साफ यू–१५ राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको क्लोज क्याम्पको लागी इलाकी प्रिया बस्नेत छनौट भएकी छन् । काठमाण्डौमा गत भाद्र ४ गतेबाट भएको ७ वटै प्रदेशको खेलाडीहरुबिचको छनौटबाट बस्नेतले अन्तिम ३५ मा स्थान बनाउन सफल भएकी हुन् । काठमाण्डौमा ४२ जना छनौट गरिएपनि क्लोज क्याम्पमा ३५ जनालाई मात्र राखिनेछ । अन्य ७ जनालाई बैकल्पिक रुपमा राखिएको छ । केन्द्रिय छनौटको लागी इलामबाट सुर्योदय नगरपालिकाकी जेनिफर राना मगर र रोङ गाउँपालिकाकी बस्नेत परेकी थिइन् ।
बस्नेतले इलामको सिनियर महिला टिमबाट राष्ट्रिय स्तरका खेलाडीहरुसँगको प्रतिस्पर्धाको अनुभव बटुलिसकेकी छन । उनी करातेको पनि राष्ट्रिय स्तरको खेलाडी हुन् । एन्फा धरान टेक्निकल सेन्टरमा २ दिन लगाएर प्रदेश नं एकको १४ जिल्लाबाट २२ जना खेलाडी छनौट गरिएको थियो । केन्द्रिय छनौटबाट क्लोज क्याम्पको शिर्ष ३५ जना खेलाडीहरुलाई एन्फाले व्यवस्थापन गर्ने प्रशिक्षक मीन बस्नेतले बताए । क्लोज क्याम्पमा सहभागी मध्येबाट २० देखी २३ जनासम्म खेलाडी छनौट गरेर भुटान लगिने बस्नेतले बताए ।
भुटानमा आयोजना हुने साफमा नेपाल सहित बंगलादेश, भारत, भुटान र श्रीलङ्काले सहभागीता जनाउने छन । प्रतियोगिता असोज २२ बाट २८ सम्म भुटानको राजधानी थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा आयोजना हुनेछ । पहिलो खेलमा नेपालले भारतको सामना गर्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सबै प्रदेशमा प्रशिक्षक नियुक्त गरेर खेलाडी छनौट गरेको छ । यु–१५ महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा राकेश श्रेष्ठ, सहायक प्रशिक्षकमा भगवती थापा र गोलरक्षक प्रशिक्षकमा मीन बस्नेतलाई जिम्मेवारी दिएको छ ।

काे काे परे शिर्ष ४२ मा

प्रतिक्रिया
सम्बन्धित समाचार