Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चिया र कफी क्षेत्रमा सरकारबाट बिनियोजित बजेट पर्याप्त भएन : प्रदेश सासंद काजिमान कागते

चिया र कफी क्षेत्रमा सरकारबाट बिनियोजित बजेट पर्याप्त भएन : प्रदेश सासंद काजिमान कागते

  • सन्देस सम्बाददाता
  • आइतबार, साउन १२ २०७६


चिया र कफी क्षेत्रमा सरकारबाट बिनियोजित बजेट पर्याप्त भएन : प्रदेश सासंद काजिमान कागते

पशुपतिनगर ।  चिया तथा कफी खेती र विस्तारको क्षेत्रमा चालु आर्थिक वर्षमा बिनियोजित बजेट अत्यन्तै कम भएको सरोकारवाला निकायले गुनासो गरेका छन् । देशको निर्यातजन्य बस्तु र अर्थतन्त्रमा महत्वपुर्ण योगदान गर्ने चिया र कफी क्षेत्रमा पर्याप्त बजेट नहुँदा अपेक्षिकृत प्रतिफल पाउन नसकेको राष्ट्रिय चिया तथा कफि विकास बोर्डको बार्षिक समिक्षा गोष्ठीका सहभागीहरुले जोड दिएका छन् ।
राष्ट्रिय चिया तथा कफि विकास बोर्ड काठमाडौँले इलामको फिक्कलमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रदेश सासद काजीमान कागतेल प्रदेश सरकार र संघीय सरकारले बिनियोजन गरेको बजेटले पनि चिया क्षेत्रका समस्या सम्बोधन नहुने बताउनुभयो । चालु आर्थिक बर्षमा चियाको राजधानी घोषणा भएको सुर्योदय नगरपालिकामा चिया टेस्टिङका लागी ५ करोड बजेट छुटयाए पनि अन्तराष्ट्रिय बजार विस्तारको काम अधुरो रहेको गुनासो गर्नुभयो ।
प्रदेश नम्बर एकका ११ जिल्लामा कफीको विस्तार हुने क्षेत्र रहेको बताउँदै सासंद कागतेले कार्यक्रम बनाउँदा रोपण देखी उद्योग विस्तारसम्मको योजना ःआए प्रदेशमा प्रस्ताव लगेर किसानलाई आर्थिक उपार्जनको बाटो सृजना गर्नुपर्नेमा जोड दिनुभयो । ‘कफी उत्पादन गरेर किन दानामात्र बेच्ने धुलो बनाएर बेचौ ’ वहाँले भन्नुभयो ‘१÷२ करोडमा उद्योग बन्न सक्छ भने योजना ल्याउनुस प्रदेश सरकार समक्ष प्रस्तावमाथि पहल गर्न लाग्छौ ।’ वहाँले केन्द्रिय स्तरमा रहेको चिया बोर्ड रहेपनि प्रादेशिक बोर्ड पनि हुनुपर्नेमा जोड दिनुभयो । चियाको राजधानी प्रदेश नं एकमा पर्याप्त चिया विज्ञ नहुँदा समस्या भएकोले प्रदेश स्तरिय योजना बनाएर अगाडी बढनुपर्नेमा जोड दिनुभयो ।


कागतेले उद्योग स्थापना भन्दा पनि हरियोपती उत्पादनमा जोड दिनुपर्ने बताउँदै वहाँले अहिलेको अवस्थामा उद्योगहरु पर्याप्त भएपनि हरियोपत्ती उत्पादनको योजनाहरु आउन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । ‘ अहिले पनि सुर्योदय नगरपालिकामा मात्रै दैनिक ६० देखी ८० हजार केजी हरियोपत्तीको अपुग छ ’ सासंद कागतेले उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै राष्ट्रिय चिया तथा कफि विकास बोर्डका निमित कार्यकारी निर्देशक दिपक खनालले चियाको उर्वर भुमि प्रदेश नम्बर एकमा कफिको समेत उच्च संभावना रहेको औल्याउनुभयो । वहाँले तथ्यांक विभागले गरेको अनुसन्धानबाट प्रदेश नम्बर एकको कफि हुने ११ जिल्ला मध्ये इलाम अग्रस्थानमा रहेको बताउनुभयो । चिया क्षेत्र देशभर फैलदै गएको उल्लेख गर्दै पुर्वको ५ जिल्लामा रहेका चिया बढेर १८ जिल्ला पुगेको खनालले जानकारी दिनुभयो ।
चिया तथा कफी विकास बोर्डमा पर्याप्त बजेट नहुँदा अपेक्षा अनुरुपको प्रतिफल आउन नसकेको वहाँले जोड दिनुभयो । ‘करिव ९ करोड मात्र बजेट छ । त्यसमा पनि ७० प्रतिशत प्रशासनिक खर्च हुन्छ ।’ खनालले भन्नुभयो ‘ स्थानिय सरकारले पनि चिया र कफी विकासका लागी बजेट छुुटयाइदिए अपेक्षा अनुरुप फाइदा दिन सकिन्छ र किसानले प्राविधक सेवा पनि लिन सक्छन् ।’
कार्यक्रममा चिया तथा कफि विकास क्षेत्रिय, केन्द्रिय र चिया विस्तार योजनाका प्रमुख एवम प्रतिनिधीहरुको सहभागीता रहेको छ । चिया तथा कफि विकास बोर्डका उपनिर्देशक लक्ष्मण पोखरेल पुर्व बोर्ड सदस्य भोजराज प्रधान, सुर्योदय नगरपालिका १० का वडाध्यक्ष पेमा उगेन लामा, अलैची विकास केन्द्रको प्रमुख पदम अधिकारीले कृषि क्षेत्रमा छुट्टिएको बजेट कम भएको बताउनुभएको थियो ।

चिया तथा कफि विकास बोर्डले गत आर्थिक वर्षमा गरिएका कामको प्रगति समिक्षाका बारेमा बोर्ड केन्द्रिय कार्यालयले इलाममा कार्यक्रम राखेको हो । समिक्षा कार्यक्रममा इलामको केन्द्रिय कार्यालय रहेको केन्द्रिय चिया सहकारी संस्था लिमिटेड र सूर्योदय नगरपालिकाको चिया उप समितिलाई खबर गरेपनि कुनै प्रतिनिधि पुगेका थिएनन् । चियाको राजधानी मानिएको इलाम जिल्लामा चिया तथा कफि विकास बोर्डको कार्यक्रम हुँदा यही क्षेत्रमा काम गर्ने संस्थालाई आमन्त्रण गरेपनि उपस्थित नहुनु दुःखपुर्ण रहेको आयोजकको गुनासो रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार