Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

गजलकार ढुङ्गेलको गजल नेता प्रस्तुति

गजलकार ढुङ्गेलको गजल नेता प्रस्तुति

  • वेद प्रसाद ढुङ्गेल
  • आइतबार, साउन ५ २०७६


गजलकार ढुङ्गेलको गजल नेता प्रस्तुति

 

हे नेता तिमी हौ , प्रभू अवतार
तिम्रै चरणमा , कोटी नमस्कार

यो देश तिम्रो , ढुकुटी हो तिम्रै स
सके जति लौ है, गर भ्रष्टाचार

जनता निरीह ,पशु जस्तै मान
लुट्न र भुट्न ,उठाऊ हतियार

कहिल्यै भरिन्न ,हाँडीघोप्टे पेट
विकासे बजेट ,पौष्टिक आहार

हाम्रा छोराछोरी , खाडी पठाऊ
सात पुस्ता बनाऊ,तिम्रो परिवार

तिमी जारी राख, करतुत काला
गुणगान गाऊन् , पीत अखवार

हामी छौँ तिम्रो , इशारामा चल्ने
चाट्ने तिम्रै पाउ , परि लम्पसार

वेद प्रसाद ढुङ्गेल विपिन अगस्ति
फिक्कल, इलाम ।

प्रतिक्रिया
सम्बन्धित समाचार