Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिका १० को वडा कार्यालय जाने १२ मासे सडकको दुर्दशा

सूर्योदय नगरपालिका १० को वडा कार्यालय जाने १२ मासे सडकको दुर्दशा

  • सन्देस सम्बाददाता
  • मंगलबार, असार ३१ २०७६


सूर्योदय नगरपालिका १० को वडा कार्यालय जाने १२ मासे सडकको दुर्दशा

इलाम । इलामको सूर्योदय नगरपालिका १० वडा कार्यालय जोड्ने सडक वर्षातले गर्दा स्थानीयले सास्ति खेप्न बाध्य भएका छन् । फिक्कल गुम्बापथ सहिद चौक आरुबोटे जोगमाई सडकको एक किलोमिटर क्षेत्र सुर्योदय नगरपालिकाले ग्राभेलका लागि ठेकेदारसँग संझौता गरको थियो ।


सूर्योदय नगरपालिका नगर कार्यपालिकाको कार्यालयले २०७५ चैत्र १७ गते संझौता गरि १८ गते कार्यादेश र १९ गतेबाट काम गर्न निर्माण कम्पनीसँग संझौता गरेको थियो ।

मामाभाञ्जा निर्माण सेवा त्रियुगा नगरपालिका उदयपुरको निर्माण कम्पनीसँग निर्माणको सम्झौता भएको मिति २०७६ असार १५ गते सकिने सुचना आयोजनाको सुचना पाटीमा उल्लेख छ ।


एक किलोमिटर पक्कि नाली र सडक ग्राभेल गर्ने काम रहेको सडक चौडा गरेपछि अहिले आधा दर्जन बढी स्थानमा पुनः पहिरो वर्षातका कारण गएको छ ।

मुल्य अभिवृद्धि कर सहित ४७ लाख ४ हजार एक सय १५ दशमलव ४२ रुपैयाँमा निर्माण सम्झौता भएको सडकको अहिले ४० प्रतिशत काम सम्पन्न भएको साइड हेर्ने सव–इञ्जिनियर डिल्लि सुवेदीले बताए ।


सडक निर्माण सम्पन्न गर्नका लागि निर्माण कम्पनीलाई नगर कार्यापालिकाको बैठकले भदौँ मसान्तसम्मको म्याद थप गरेको सुवेदीले जानकारी दिएका छन् ।

आर्थिक वर्ष अनुसारको बजेट भएकाले संझौता गर्दा निर्माणको म्याद दिएपछि नगरपालिका म्याद थप्न बाध्य भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार