इलाम । काठमाण्डौमा जारी ११ औ राष्ट्रपती कप कराते च्याम्पियनसिपमा इलामकी प्रिति बस्नेतले स्वर्ण पदक जितेकी छन । सातदोवाटोमा भएको प्रतियोगिताको कुमुतेको ५० केजी तौल समुहमा प्रतिस्पर्धा गरेकी बस्नेतले प्रदेश नं २ की अनिता घलेलाई हराइन । उनले पहिलो वाउटमा प्रदेश नं ५ की सरस्वती घले र दोश्रो बाउटमा सोही प्रदेशकी उर्मिला दलार्मी मगरलाई हराएको थिइन । बस्नेत रोङ गाउँपालिका–३ को शान्ति निकेतन माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययरत छन । जिल्ला हुँदै प्रदेशको उपाधी जितेपछि उनले राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्डमा प्रदेश नं एकको प्रतिनिधित्वको अवसर पाएकी थिइन ।
उनले यसअघि पनि भएको राष्ट्रिय प्रतियोगितामा ५० केजी तौल समुहमा प्रदेश नं एकका लागी मेडल दिलाउँदै आएकी छन । गत बैशाखमा नेपालगञ्जमा सम्पन्न आठौ राष्ट्रिय खेलकुदमा प्रदेश नं एकको प्रतिनिधित्व गरेकी थिइन । चैत्रमा इलाममा सम्पन्न भएको ७ औ अन्तराष्ट्रिय कराते प्रतियोगितामा उनी वेस्ट फाइटर चुनिएकी थिइन । त्यसअघि भएको छैटो संस्करणमा समेत उनले वेस्ट वुमन फाइटरको उपाधी जितेकी थिइन । उनीसंगै ५० केजीमा भिडेकी सविता राईले भने मेडल जित्न सकिन्न् ।