इलाम । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले रेड कार्ड पाएपछि कोपा अमेरिकाको पदक समारोह छोडदै रेफ्रीहरुलाई भ्रष्टचारको आरोप समेत लगाएका छन । तेश्रो स्थानको प्लेअफमा चिली विरुद्ध २–१ गोल अन्तरको जित निकालेपनि उनी मेडल थाप्न गएनन् । खेलको ३४ औ मिनेटमा चिलीका कप्तान गेरी मेडल र अर्जेन्टिनी कप्तान मेस्सीबिच विवादका कारण दुवैले रातो कार्ड पाए ।
मेडेलले मेस्सीलाई छातीले धकालेपछि दुवै बिच विवाद भएको थियो त्यसपछि मुख्य रेफ्री माउरियो डियाज डि भिभारले रातो कार्ड दिँदै दुवै कप्तानलाई बाहिर पठाएपछि खेल १० खेलाडीमा सिमित भयो । मेडलको व्यवहार प्रति मेस्सीले आक्रमक व्यवहार देखाएका थिएनन् ।
जितपछि मेस्सी टिमका साथीहरुसंग तेश्रो स्थानको मेडल लिन समेत गएनन् । सेमीफाइनलमा ब्राजिल विरुद्धको खेलमा पराजित भएपछि अफिसियलहरुको कठोर आलोचनाका कारण रातो कार्ड दिएको उनको भनाई छ । ब्राजिल विरुद्धको खेलमा उनले गरेको २ वटा पेनाल्टीलाई अफिसियलले अस्विकार गरेका थिए । इक्वेडरका रेफ्री रोडी जामब्रानोले निकोलस ओतामेन्दीलाई ब्राजिलियन खेलाडी अर्थरले फाउल हानेपछि पाएको अवसरलाई अस्विकार गरेका थिए । त्यसैगरी सर्जियो अग्युइरोलाई बक्सभित्र कप्तान डानी अल्भेसले गरेको फाउलमा समेत अर्जेन्टिनाले पेनाल्टी पाएन ।
चिली विरुद्ध जितपछि प्रतिक्रिया दिँदै मेस्सीले भने ‘ मेडल सधै सिमासम्म खेल्छन यो एउटा नाटक हो ।’ उनले भने ‘मलाई लाग्छ की रेफ्रीले सिमा भन्दा बाहिर गएर ओभर रिक्एट गरे । हामी दुवैका लागी पहेलो कार्ड नै देखाएको भए विवाद आउने थिएन ।’
उत्कृष्ट खेल देखाउँदा पनि रेफ्रीले गलत निर्णय लिएको मेस्सीको आरोप छ । ‘ मलाई रिस उठिरहेको छ । मलाई लाग्छ की म रातो कार्डको लागी लायक थिइन किनभने हामीले धरै राम्रो र इमान्दार खेल खेलिरहेकै थियौ ।’ उनले भने ‘दुर्भाग्यवश त्यहाँ धेरै भ्रष्टचारी रेफ्रीहरु छन । ब्राजिलको म्याच र आजको म्याच हाम्रो दुई उत्कृष्ट प्रर्दशन थियो ।’
आगामी मार्चमा हुने विश्वकप क्वालिफायर गेमको उद्धघाटनको लागी मेस्सीले निलम्बनको सामना गर्नुप¥यो । पोष्टम्याच कन्फ्रेन्समा बोल्दै उनले अतिरिक्त प्रतिवन्धको बारेमा चिन्तित नरहेको बताए । ‘उनीहरुले त्यही गरे जे चाहन्थे’ उनले भने ।
ब्राजिल विरुद्धको खेलमा अर्जेन्टिनाले गरेको अपिलमा पेनाल्टी नदिनु गलत भएको ब्राजिलका पुर्व सदस्य रिभाल्डोले प्रतिक्रिया दिइसकेका छन । ब्राजिल अहिले पनि उत्कृष्ट टोली भएपनि अर्जेन्टिनाको पक्षमा रहेको २ पेनाल्टी भिडियो असिस्टेन रेफ्रीले नदिनु गलत भएको रिभाल्डोले २ दिन अघि मिडियामा प्रतिक्रिया दिएका थिए ।
ब्राजिलले उपाधी जिताउन षडयन्त्र भएको समेत उनको आरोप छ । पेरुलाई हराउँदै आइतबार रियो दि जेनेरियोमा ब्राजिलले २००७ पछि उपाधी जित्ने उनको विश्वास रहेको छ । ‘मलाई यसमा कुनै शंका छैन ब्राजिल जित्नको लागी तयार छ ।’ उनले भने ‘ विश्वास छ भार र रेफ्रीसंग गर्नका लागी केही छैन । पेरुले प्रतिस्पर्धा गर्न सक्छ किनकी उनीहरुसंग सेट टिम छ तर निक्कै कठिन छ ।’
करियरको दोश्रो रातो कार्ड
बार्सिलोना स्टारले सिनियर फुटबल करियरमा सहभागीता जनाउँदै पाएको यो दोश्रो रातो कार्ड हो । यसअघि उनले सन २००५ मा हंगेरी विरुद्ध बुडापेस्टमा भएको खेलमा पहिलो पटक कार्ड पाएका थिए । जुन खेल उनको अर्जेन्टिनाबाट डेव्यु म्याच थियो । खेलको ६४ औ मिनेटमा उनले रातो कार्ड पाएका थिए । ३२ बर्षिय उनले खेलमैदान प्रवेश गरेको ४३ सेकन्डमै पहिलो पटक रातो कार्डको सामना गर्नुपरेको थियो । बार्सिलोनाबाट ६८७ खेलमा प्रतिस्पर्धा गर्दा उनले हालसम्म रातो कार्ड पाएका छैनन् ।