Local Sandesh बिहिबार, मंसिर ४ २०८३
  • ट्रेण्डिङ :

देउमाई कप फुटबल प्रतियोगिता मंसिर २१ देखि

देउमाई कप फुटबल प्रतियोगिता मंसिर २१ देखि

  • सन्देश सम्बाददाता
  • बिहिबार, मंसिर ४ २०८३


देउमाई कप फुटबल प्रतियोगिता मंसिर २१ देखि

इलाम । तेस्रो देउमाई कप–२०८३ फुटबल प्रतियोगिता आगामि मंसिर २१ गतेबाट हुने भएको छ । देउमाई फुटबल क्लब देउमाई नगरपालिका–१ को आयोजनामा मंसिर २७ गतेसम्म खुला पुरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो। प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले नगद ५७ हजार ७७७ रुपैयाँ र महिलातर्फ प्रथम हुने टोलीले २५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

त्यस्तै, पुरुषतर्फ दोस्रो हुने टोलीले ३४ हजार ४४४ रुपैयाँ र महिलातर्फ दोस्रो हुने टोलीले १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन्। विजेता तथा उपविजेता टोलीले नगदसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ छ टोलीलाई मात्र सहभागी गराइने आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक तथा उदयमान खेलाडीलाई समेत पुरस्कृत गरिनेछ।

महिला विधातर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। खेलाडीको सुरक्षालाई ध्यान दिँदै प्रतियोगितामा सहभागी प्रत्येक खेलाडी र रेफ्रीको एक लाख रुपैयाँसम्मको दुर्घटना बिमा गरिएको छ। प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई नगद ५५५ रुपैयाँसहित आकर्षक ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिने व्यवस्था गरिएको छ।

प्रतियोगितामा सहभागी हुन मंसिर ८ गतेदेखि १७ गतेसम्म टोली दर्ता गर्न सकिनेछ। खेलतालिका मंसिर १८ गते प्रकाशन गरिने र फाइनल खेल मंसिर २७ गते सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार