Local Sandesh बुधबार, मंसिर ३ २०८३
  • ट्रेण्डिङ :

सलकपुरमा प्रथम सनसिटी भेट्रान फुटबल हुँदै, विजेतालाई १ लाख ११ हजार पुरस्कार

सलकपुरमा प्रथम सनसिटी भेट्रान फुटबल हुँदै, विजेतालाई १ लाख ११ हजार पुरस्कार

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर ३ २०८३


सलकपुरमा प्रथम सनसिटी भेट्रान फुटबल हुँदै, विजेतालाई १ लाख ११ हजार पुरस्कार

इलाम । इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा पूर्वका चर्चित भेट्रान फुटबल टोलीलाई समेटेर प्रथम सलकपुर सनसिटी भेट्रान फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। स्थानीय सलकपुर सनसिटी क्लबको आयोजनामा आगामी मंसिर २१ गतेदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका अनुभवी भेट्रान टोलीसँगै भारत र मलेसियाका टोलीले समेत प्रतिस्पर्धा गर्ने भएका छन्।

आयोजकका अनुसार प्रतियोगितामा धरान, झापाको दमक, बिर्तामोड, झिलझिले, पाँचथरको बौद्ध भेट्रान तथा इलामको फेमे गुरु भेट्रान फुटबल क्लब सहभागी हुनेछन्। त्यसैगरी मलेसियाको एन पेनाङ भेट्रान फुटबल क्लब, भारतको सिलिगुडीस्थित भेट्रान टोली र आयोजक सलकपुर सनसिटी क्लबका दुई टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउने क्लबका अध्यक्ष भुवन तामाङले जानकारी दिए।

अन्तरदेशीय तथा क्षेत्रीय भेट्रान टोलीको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउने आयोजकको अपेक्षा छ। सलकपुरस्थित मोतीराम माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख ११ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। उपविजेता टोलीले ५५ हजार पाँच सय रुपैयाँ र ट्रफी पाउनेछ।

प्रतियोगितालाई खेलाडीको व्यक्तिगत प्रदर्शनका आधारमा विभिन्न विधागत पुरस्कारको व्यवस्था गरिएको छ। उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही तीन हजार रुपैयाँसहित सम्मान गरिनेछ। प्रतियोगिताकै उत्कृष्ट खेलाडीले पाँच हजार पाँच सय रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।

प्रत्येक खेलको  ‘प्लेयर अफ द म्याच’लाई दुई हजार एक सय रुपैयाँ र ट्रफी प्रदान गरिने क्लबका सचिव युवराज राईले जानकारी दिए। प्रतियोगिता सम्पन्न गर्न करिब सात लाख २१ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। प्रतियोगिताका अवसरमा स्थानीय पूर्वखेलाडी मानवीर स्याङ्बोलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको अध्यक्ष तामाङले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार