झापा । नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा लगाइएको चिया बगान प्रहरीले हटाएको छ। कचनकवल–५ पाठामारीस्थित नेपालतर्फको दशगजा क्षेत्रमा सुनकोशी चिया बगानले लगाएका करिब ६०–६५ वटा चियाका बोट संयुक्त सीमागस्तीका क्रममा हटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शुक्रबार प्रहरी चौकी पाठामारी, बीओपी पाठामारी र भारत सशस्त्र प्रहरी बलको संयुक्त गस्तीका क्रममा स्तम्भ नम्बर ११४ नजिकका चियाका बोट हटाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।